आयातित टुरिष्ट नेताका कारण काठमाडौं २ सधैं ओझेलमा

राजनीति समाचार

काठमाडौं । समाजसेवा र व्यवसायबाट राजनीतिमा हात हालेकी कुन्तीदेवी पोखरेलले आसन्न मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएकी छन् । काठमाडौंकी स्थायीवासी पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट प्रतिनिसभा सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रहेकी पोखरेल वरिष्ठ समाजसेवी, सफल व्यवसायी र कुशल नेतृको रुपमा परिचित छन् ।

उनी सम्पन्न राप्रपाको महाधिवेशनबाट सार्वधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । समाजसेवा, व्यवसाय र राजनीतिलाई एकैसाथ अगाडि बढाएकी पोखरेलले २०७२ सालको महाभूकम्प र विश्वलगायत नेपाललाई आक्रन्त बनाएको कोरोना कहरका बेला काठमाडौैं उपत्यकालगायत देशका विभिन्न भागमा आफ्नो सहयोगी हात लिएर पुगेकी थिइन् । कोरोनाका बेला उनले काठमाडौं उपत्यका हातमुख जोर्न समस्यामा परेकालाई खानाको व्यवस्था मात्रै गरिनन् ।

काठमाडांंैकी स्थानीय समाजसेवा पोखरेलले देशका विभिन्न भागबाट आई अध्ययनका लागि बसेका विद्यार्थीहरुलाई घरसम्म पुग्ने खर्चको जोहो गरेर सहयोग गरेकी थिइन् । त्यसैगरी काठमाडौंका स्थानीय नागरिक जो महाभूकम्प, कोरोना महामारीलगायत विभिन्न दैवीप्रकोपको मारमा परेका थिए । उनीहरुलाई आफ्नो बलबुताले भ्याएसम्म सहयोग गरेकी थिइन् । यसरी पोखरेलले समाजसेवासँगै पोज फेसनमार्फत कपडा व्यवसाय सञ्चालन गरेकी छन् ।

उक्त कपडा उद्योगबाट नेपाली उत्पादनलाई जोड दिएकी छन् । त्यस व्यवसायबाट प्राप्त आयआर्जनको ५ प्रतिशत समाजसेवामा छुट्ट्याउने गरेको पोखरेल बताउछिन् । यसरी समाजसेवा, व्यवसायसँगै राजनीतिमा हातहालेकी उनले आसन्न आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकी छन् । काठमाडा क्षेत्र नं. २ मा किन विकास भएन भन्ने प्रश्नमा कुन्ती भन्छिन्, ‘जब २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनःस्थापना भयो । त्यसयता काठमाडौं क्षेत्र नं. २ मा जतिपनि पार्टीका नेताहरु आए ती सबै बाहिरबाट आयातित टुरिष्ट उम्मेदवार भए ।

उनीहरु काठमाडौं आए चुनाव लडे जिते कमाए गए । जस्तो उदाहरणका लागि तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल रौतहटबाट आएर काठमाडौं क्षेत्र नं. २ मा चुनाव लड्नुभयो, जित्नुभयो । उहाँले चुनाव जितिसकेपछि यस क्षेत्रको विकास निर्माणभन्दा आफ्नो बन्दोबस्ततिर लाग्नुभयो । अहिले यहाँका जनताले पत्याएनन् अनि यो ठाउँ छाडेर उहाँ फेरि रौतहटतिरै लाग्नुभयो । २०६४ सालको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदी आएर लड्नुभयो ।

उहाँ चुनावका बेला जनतालाई विभिन्न झुटा आश्वासन बाँडेर चुनाव जित्नुभयो । उहाँले पनि यहाँको भूगोलमा विकास निर्माण र जनचाहना अनुसार काम गर्न सक्नुभएन । यसरी चुनावमा बाँडेका आश्वसअनुसार काम गर्न नसकेपछि उहाँ पनि यहाँबाट पलायन हुनुभयो । अहिले झक्नु सुवेदी कुन राजनीतिक पार्टीमा हुनुहुन्छ केही थाहा छैन । त्यसैगरी विद्यादेवी भण्डारी काठमाडौं क्षेत्र नं. २ बाट चुनाव लड्नुभयो । उहाँले नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराएर जित्नुभयो ।

त्यहीं आकर्षणमा भण्डारी दुई–दुई पटक देशको राष्ट्रपति बन्नुभयो । तर, उहाँ राष्ट्रपति भएपछि यस क्षेत्रको विकास निर्माण के भएका छ । यस क्षेत्रका जनताका जन्दाबन्दा समस्याहरु के के छन्, त्यसप्रति बुझ्न एकपटक आउनुभएन । त्यसैले भूगोलमा आफ्नो लगानी नभएको मान्छे बाहिरबाट आएर उठेका टुरिष्ट नेताहरुलाई भोट दिएर जिताउँदा कस्तो दूर्भाग्य हुँदोरहेछ भन्ने कुरा यहाँका जनतालाई राम्रोसँग थाहा भइसकेको छ । यसरी बाहिरबाट आएका नेताहरुलाई यहाँका स्थानीय वासिन्दा, भूगोल र क्षेत्रको माया हुँदैन ।

उनीहरुलाई यहाँको भेषभुषा, भाषा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज र ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा पनि खासै ज्ञान हुँदैन । त्यसैले स्थानीय ज्ञान, रुची र रुजान भएको नेता र नेतृत्व आजको आवश्यकता हो,’ पोखरेलको भनाइ छ । उनी अगाडि थप्छिन्, ‘माथि उल्लेखित विषयको सम्बोधन गर्न काठमाडौं २ बाट आगामी मंसिर ४ को निर्वाचनमा प्रतिनिसभा सदस्यमा मेरो उम्मेदवारी रहेको छ । म यहीं क्षेत्रमा जन्मी, हुर्की, बढी कर्म गरेकी स्थानीय वासिन्दा हुँ ।

त्यसैले यसपटक यहाँका जनताले मलाई भोट दिन्छन् भन्नेमा ढुक्क छु ।’ तपाईंलाई चाहीं के कारणले यहाँका जनताले भोट दिनुपर्ने भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मैले यस क्षेत्रमा राजनीतिमा नआउँदादेखि समाजसेवामार्पmत धेरै काम गरेकी छु । मेरो यहाँका जनतासँग राजनीतिक, सामाजिक र व्यवसायिक सम्बन्ध छ । मलाई यहाँका जनताको इच्छा, आकांक्षा र आवश्यकता थाहा छ । यो क्षेत्रमा मेरो योगदान जनतालाई राम्रोसँग थाहा छ ।

त्यसैले यस क्षेत्रका जनचाहना अनुसार मैले उम्मेदवारी दिएकी हुँ’, पोखरेल विज्ञता प्रकट गर्दछिन् । स्थानीय युवा नेतृ पोखरेलको उम्मेदवारीले यस क्षेत्रका युवा, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, उद्योगी, कर्मचारी, विदार्थी, शिक्षकलगायत सम्पूणै पेशाकर्मीमा उत्साह थपिएको छ । त्यसैगरी महिला, दलित, जनजाति, भूमिहीन, सुकुम्वासी, अल्पसंख्या, लोपोन्मुख, जेष्ठनागरिक, अपाङ्गता भएका र आवाजबिहीहरुमा पनि पोखरेलको उम्मेदवारी नयाँ आयाम थपिएको बताइन्छ ।

२०४६ सालयता पटक–पटक बाहिरी जिल्लाबाट आयातित टुरिष्ट नेतालाई भोट दिँदा यो क्षेत्र विकास निर्माणबाट ओझेलमा पर्दै आएकोप्रति यहाँका जनता वाक्क, दिक्क भएका छन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि काठमाडौं २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेल स्थानीयवासी हुन् । स्थानीयवासी पोखरेलको उम्मेदवारीले अन्य प्रतिस्पर्धीहरु फिका देखिएका छन् । पोखरेल परिवर्तनको लागि नयाँ भिजनसहित आएकी स्थानीय युवा नेतृ भएकाले आफ्ना इच्छा, आकांक्षा र चाहना परिपूर्ति हुनेमा यहाँका नागरिकहरु ढुक्क देखिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *