महालक्ष्मी विकास बैंकले ल्यायो आकर्षक योजना

अर्थ/वाणिज्य समाचार

महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक योजना ल्याएको छ। ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

यही क्रममा बैंकले बिशेष महाबचत खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुट योजना सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत कार्तिक र मंसिर महिनामा महावचत खाता खोल्ने ग्राहकले लकर सेवाको वर्षिक शुल्क प्रथम वर्षमा शतप्रतिशत छुट प्राप्त गर्नेछन्। बैंकको दरवारमार्ग, पुतलीसडक, न्यूरोड काठमाडौँ, भैरहवा र न्यूरोड पोखरा शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ।

हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ।

उक्त योजनाअन्तर्गत खोलिने महा वचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै वचत खाताहरूमध्ये कै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकङलगायतका अन्य सुविधाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *