शीर्ष नेताहरुलाई बागी र स्वतन्त्रको चुनौती : सत्तादूरुपयोग गर्नाले राजनीतिक दलहरु खिइँदै

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता राजनीतिक दलहरुले सत्तामा गएको बेला देश र जनताको हितमा राम्रो काम गर्न सकेनन् । यी दलहरुले सत्तामा पुगेपछि देशको आवश्यकता र जनचाहना अनुसार काम गरेको भए आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा शीर्ष नेताहरुले बागी उम्मेदवारको सामना गर्नुपर्ने थिएन ।

यतिबेला विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु जनताको ढोका ढकढक्याउन पुगेका छन् । त्यसै मेसोमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोसपालगायतका राजनीतिक पार्टीका नेताहरुले परिवारवाद र नातावाद लादेर टिकट वितरण गरेका छन् । यसको परिणाम स्वरुप अहिले राजनीतिक दलहरुका शीर्ष नेताहरु भोग्दैछन् ।

सत्तामा जाने, भ्रष्टाचार गर्ने, कार्यकर्ता भर्ना गर्ने, राज्यको ढुकुटीमाथि दोहान गर्ने, आफ्नो जिल्ला र क्षेत्रलाई मात्रै बजेट वितरण गर्ने, राजनीतिक पार्टीबीच एकअर्कालाई आरोपप्रत्यारो गर्ने, आसेपासेलाई मात्रै काखी च्याप्ने जस्ता क्रियाकलापले राजनीतिक पार्टीद्वारा तोकिएका आकारिक उम्मेदवारविरुद्ध बागी उठेनेहरुको भीड नै लागेको छ ।

यसैगरी हरेक पार्टीका शीर्ष नेता उठेको निर्वाचन क्षेत्रमा पार्टीकै नेता, कार्यकर्ताले स्वतन्त्रको नाममा बागी उम्मेदवारी दिएका छन् । यसले आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा शीर्ष नेतामाथि नैतिक चुनौती थपिएको छ । यसरी बागीको चुनौतीको सामना गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायका शीर्ष नेता अग्रपंतिमा देखिएका छन् ।

यसरी दलका आधिकारिक उम्मेदवारी दिएका क्षेत्रमा पार्टीभित्रकै बागी उम्मेदवारी परेपछि शीर्ष नेताहरुमाथि नैतिक संकट परेको छ । यसबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता पार्टीभित्र कति अन्याय, अत्याचार, विकृति, विसंगति रहेछ भन्ने कुरा आगामी निर्वाचनपछि छर्लङ्ग हुनेछ । यस्तो गतिविधिले आपूmलाई ठूलो दलको नेता भनेर दावी गर्ने राजनीतिक पार्टीहरुले पनि आगामी दिनमा तत्कालीन नेकपा आले पार्टीको नियती भोग्नुनपर्ला भन्न सकिन्न ।

किन भने २०५३ सालमा नेकपा एमालेबाट फुटेर माले पार्टी गठन भएको थियो । त्यसको नेतृत्व तत्कालीन अवस्थामा वामदेव गौतमले गरेका थिए । पछि एमाले र माले मिलेपछि सीपी मैनालीले पार्टीको नेतृत्वको सम्हाल्दै आएका थिए । सीपी नेतृत्वको माले पार्टीले २०६४ सालको निर्वाचनमा ९ सिटमा जित हासिल गरेको थियो । त्यसबाट मैनालीले श्रीमतीलाई मन्त्री बनाए भने अन्य आफन्तलाई विभिन्न शक्तिकेन्द्रहरुमा राजनीतिक नियुक्ति समेत गरेका थिए ।

त्यसपछिका निर्वाचनमा पनि केही सिट हात पारी भिन्न राजनीतिक दलसँग सहकार्य गरेर छिटफुट सत्तामा पुग्ने गरेका थिए । तर, अहिले त्यही माले पार्टीले आगामी मंसिर ४ मा हुने आमनिर्वाचनको लागि केही ठाउँबाहेक देशका महत्वपूर्ण ठाउँमा संघ र प्रदेश दुवैमा उम्मेदवारी दिन सकेन । आगामी दिनमा राजनीतिक दलभित्र देखिएका विकृति, विसंगतिका कारण कुनै ठूला राजनीतिक दलहरुपनि तलमाथि नहोलान् भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *