आम निर्वाचन : पुराना अनुहारप्रति जनतामा वितृष्णा

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेललाई काठमाडौं क्षेत्र नं. २ बाट आगामी आमनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार चयन गरेको छ । पोख्रेल राप्रपाको सम्पन्न महाधिवेशनबाट सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

आगामी आमनिर्वाचनमा पनि आफूले सबैभन्दा धेरै मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पोख्रेलले दावी गरेकी छन् । उनी भन्छिन्, ‘अहिले जनतामा परिवर्तनको चाहना आएको छ । उनीहरु पुराना र भ्रष्ट पार्टीहरुबाट आजित छन् । यतिबेला जनता सक्षम नेतृत्वको खोजीमा छन् ।

त्यसको एजेन्डा मैलेउठाएकोले जनतामा आएको यो परिवर्तनको लहर नै मैले जित्ने मूख्य आधार हो, पोखरेलले स्पष्ट पारिन् । ‘देशको राजनैतिक दुरावस्था र व्याप्त भ्रष्टाचार, बेथिति, माफियातन्त्र, गरिबी, बेरोजगारी लगायत आमसमस्या देखेपछि समाधानको पहलका लागि आफ्नो उम्मेदवारी रहेकाले जनतालाई मत दिएर त्यो अवसर दिन आग्रह गरेकी छन् ।

‘हामी देशमा परिवर्तन र सुशासन खोजिरहेका छौं तर नेतृत्व चयन गर्ने बेलामा पटक–पटक चुकेका छौं, समय गतिशील छ तर हामी पुरानै नेतृत्वको भर परेर पटक–पटक ठगिएका हौं’, पोख्रेलले सुझाइन् । अगाडि भन्छिन्, ‘नेपालको फोहोरी राजनीति सफा गर्न भ्रष्टाचारविरुद्धको अभियान लिएर युवा जोस जाँगरसहित आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहेको हो ।’ सामाजिक सञ्जाल, सञ्चारमाध्य र व्यक्तिगत भेटघाटको क्रममा पोख्रेलले जनतासमक्ष यस्तो बताएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *