दिनानाथको साथ सर्वेन्द्रलाई

समाचार

काठमाडौं । माओवादी केन्द्र गठबन्धन सरकारमा छ । त्यो गठबन्धनले देशभर उम्मेद्वार बनाएको छ । एमालेले जस्तो राप्रपाका दुई टुक्रा, जसपा र परिवारदल जस्ता पार्टीसँग सहकार्य गरेको छ । तर एमालेका काठमाडौं ६ मा उम्मेद्वार पूर्व आईजीपी सर्वेन्द्र खनालले माओवादी भित्रका भ्रष्ट शिरोमणि दिनानाथ शर्मा मार्फत सुपुत्री कल्पना शर्मालाई टोखा नगरपालिका वडा नं. ८, ९, १० र ११ को मत मागेका छन् ।
प्रहरी सेवामा रहँदा नै बद्नाम सर्वेन्द्रले फुटबल खेल भित्रको गणेश थापा काण्डलाई काँध थापेर ७ जना खेलाडीलाई म्याच फिक्स नै गराएको आरोपमा ७ वर्ष राखेका छन् । त्यो छानबिनमा गणेश थापासँग राम्रै पैसा लिए । अपराधी नियन्त्रण गर्ने नाममा सर्वेन्द्रले राम्रै लिने गर्दथे । जसपा सांसद अपहरण काण्ड सर्वेन्द्रले गरेको भनाई छ । देशमा कानूनी राज थियो भने अपहरण काण्डमा सहभागी गराउने व्यक्तिसमेत जेल बस्नुपथ्र्याे ।
महेश बस्नेत किसान श्रेष्ठको व्यवहार राजनीति होइन । श्रेष्ठ माधव नेपालको पुच्छर बने । बारा क्षेत्र नं. २ बाट संघीय सांसद पदमा भिड्दैछन् । महेश बस्नेत एमालेबाट भक्तपुर २ मा भिडेका छन् । अपहरण काण्ड लागेका व्यक्तिहरुलाई टिकट दिने काम विभिन्न दलहरुले गरेका छन् । एमालेले कानूनी राज र विधिको शासनमा देश चलाउँछ भन्ने विश्वास गर्ने आधार छैन ।
उता माओवादीका भ्रष्ट शिरोमणि दिनानाथ शर्माको भ्रष्टाचार शैलीले गोंगबु क्षेत्रमा बसोबास गर्ने माओवादी कार्यकर्ता आजित छन् । शर्माले पार्टीको नाममा चुनावको लागि चन्दा माग्न आफ्नै गृह जिल्लाका होटल, रेस्टुरा, व्यवसायी, म्यानपावर व्यवसायीलाई प्रयोग गरेका छन् । त्यो काममा आफुले फोन गरेर छोरी कल्पना शर्मालाई चुनावी सहयोगका निम्ति खटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *