ईश्वर पोखरेल र राजेन्द्र गौतममाथि आरोप

समाचार

काठमाडौं । यसपटक चुनावको टिकट बेच्ने र बाँड्ने काममा सत्ता गठबन्धन मात्र होइन नेकपा एमाले पनि अग्रपंक्तिमा रह्यो । पार्टीको एक कार्यकाल महासचिव भएर अध्यक्ष पदको आकांक्षा राखेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेलाई आफ्नो सिट सुरक्षित गर्न हम्मे हम्मे नै प¥यो । रातो पासपोर्ट बिक्री गर्ने अमिर गुरुङले टिकट पाए, तर दोलखाली नेता आनन्द पोखरेलले टिकट पाएनन् । ईश्वरकै पछि लागेर केन्द्रीय सदस्य पड्काएर एमाले कमजोर बनाएका र मसाल माओवादी गढ प्यूठानमा सूर्य थापाले टिकट पाए । थापा ईश्वर पोखरेल हुँदै ओली खेममा पुगेपछि ओलीकै प्रिय बने ।
ओली सरकारको साइबर स्यालका कमाण्डर सूर्य थापा बन्न पुगे । यसबाहेक ईश्वरको सिफारिसमा राष्ट्रिय सभामा राजेन्द्र गौतम पुगे । दोलखाका आनन्द पोखरेल थर मिलेर ईश्वरको निकट भनिएका हुन् । पहिला माधव पक्षका पशुपति चौलागाईंको प्रतिद्वन्द्वी बनेर ओलीतिर गएका पात्र हुन् । पार्वत गुरुङलाई पनि नेता मानिँदैन । २०७४ सालको टिकट नपाउँदासम्म पार्वतको पेशा जडिबुटी संकलक, होटल रेस्टुरा थियो । आफैं बसेको टोल टोखा ७ मा पार्वतले छिमेकीसँग बाटोको निम्ति देखाएको दरिद्रताले त्यहाँ उनलाई लुच्चो व्यापारी भनेर चिनाउने गर्दछ । आफ्नो घरसम्म गाडी छिराउन छिमेकीको एक÷दुई फिट जग्गा काटे । तर आफ्नो घर कटेर जाने बाटोमा आफ्नो जमिन छाडेका छैनन् ।
ईश्वरका प्यारा अमिर गुरुङ, ल्यारक्याल लामा जस्ता धेरै छन् । यिनीहरु शुद्ध तस्करी गर्छन, अवैध धन्दा चलाउँछन् भन्ने कुरा विगत देखि आरोप लाग्दै आएको छ । तर एमाले कार्यकर्तामा ईश्वर रमाउन सकेनन् । माया पाएपछि सामाजिक प्रतिष्ठा बचाउने काम समेत पोखरेलबाट भएन । अध्यक्ष ओलीले ईश्वरलाई राम्रैसँग परीक्षण लिँदा फेल भए । यसपटकको चुनावमा आफैं पनि सुरक्षित छैनन् भने पत्रकारिता गर्दा वामदेव गौतम गृहमन्त्री भएका बेला नव आवाज पत्रिकाको नाममा गृहबाट पैसा बुझेर भुपराज खड्का, पुष्कल ढकाल, दिवाकर राणाजस्ता युवाहरुलाई दशैंको मुखमा समेत सहयोग नगरेको आरोप राजेन्द्र गौतममाथि लागेको छ । गौतमको चुनाव जित्ने सम्भावना झन् कमजोर छ भनिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *