सुपारी तस्करी गर्ने प्रहरीलाई पुरस्कारसुपारी तस्करी गर्ने प्रहरीलाई पुरस्कार

समाचार

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा प्रहरीको भूमिका कस्तो रहने हो हेर्न बाँकी छ । कांग्रेसका गृहमन्त्री बालकृष्ण खाँडले संघ र प्रदेश निर्वाचन जित्नेलाई प्रहरी सरुवा गरेर लगेका छन् । चुनावी खर्च पनि प्रहरीबाटै उठाएको आरोप छ । अहिले कतिपय प्रदेश र केन्द्रमा प्रहरी सरुवा गरेर चुनाव जित्ने वातावरण गरिराखेको आरोप लागिरहँदा गृहमन्त्री चुपचाप बसेर चुनावी प्रचारमा लागेका छन् । प्रहरी पनि चुनावको लागि शान्ति सुरक्षामा खटिसकेको छ । तर अधिकाशं प्रहरी अधिकृत भने बढुवा खान र मालदार ठाउँमा सरुवा भएर जानको लागि आफूले भनेको र मन पराएका नेता जिताउन लागिपरेका छन् ।
सुपारी पठाउने डीआईजीलाई ब्याटल
नेपाल प्रहरीले जो तस्करीसँग जोडिन्छ, जसले अपराध गर्दछ, त्यसैलाई सम्मान गर्छ भन्ने कुरा ७६औं प्रहरी दिवसमा पुष्टि ग¥यो । दशैंको मुखमा विरंगज रानी भन्सारमा पक्राउ परेको आठ ट्रक सुपारी भारत छिराउन लाग्दा बालुवाटारले दिएको निर्देशन तत्काल कार्यान्वयन गर्न सशस्त्रका डीआईजी कमल गिरी र नेपाल प्रहरी डीआईजी सुदिप गिरी सफल भएको १५ दिन नबित्दै नेपाल प्रहरीले डीआईजी कमल गिरीलाई सुरक्षा सतर्कता अब्बल बनाउने नामा यो वर्ष ब्याटल दियो त्यो पनि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट । प्रहरीले यो विचित्र देखायो ।
गृहले पूर्वका मोरङ, सुनसरी र झापामा चम्केको तस्करी निगरानी गरिरहँदा प्रहरी र सशस्त्रका डीआईजीहरुले घुमुवाबाट तस्करसँग लेभी उठाइरहेका थिए । चुनाव खर्च प्रहरीबाट उठाएर गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री पत्नी डा.आरजु राणा समक्ष बोरा बुझाउने काममा श्रीमती मञ्जु खाँडलाई लगाएकै छन् । राणा र खाँड दुबै समानुपातिक सांसदमा सिफारिस भएका पात्र हुन् । राणा समानुपातिक सांसद हुँदैछिन् । मान्छेलाई टोक्ने सर्पलाई कानूनी कारबाही होस् भन्ने झल्लु सांसद हुन् ।
प्रहरीले यस्तै भ्रष्टाचारको समर्थन गर्ने भएकाले सुदिप गिरी समग्र संगठनको तर्फबानट पुरस्कृत भएका छन् । कमजोर कार्यक्षमता भएपनि कतिपय इस्युमा राज्यलाई प्रयोग गराएर भएपनि यस्ता प्रहरीलाई तक्मा, विभूषण र पदवी दिने गरेकै छ । एमाले कालमा आफ्नो कपाल काट्ने, कोट सिउने, जुत्तामा पालिस लगाउनेलाई राष्ट्रपतिद्वारा विभूषण दिएको आरोप छ । प्रम निवास बालुवाटारको किचेन क्याबिनेटले सुपारीधन्दा सफल बनाई दिने प्रहरीलाई प्रहरीले नै दिने ब्याटल पुरस्कार दिन किन नहुने भन्नेहरु नक्साल भित्र बढिरहेका छन् ।
काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा प्रहरीको भूमिका कस्तो रहने हो हेर्न बाँकी छ । कांग्रेसका गृहमन्त्री बालकृष्ण खाँडले संघ र प्रदेश निर्वाचन जित्नेलाई प्रहरी सरुवा गरेर लगेका छन् । चुनावी खर्च पनि प्रहरीबाटै उठाएको आरोप छ । अहिले कतिपय प्रदेश र केन्द्रमा प्रहरी सरुवा गरेर चुनाव जित्ने वातावरण गरिराखेको आरोप लागिरहँदा गृहमन्त्री चुपचाप बसेर चुनावी प्रचारमा लागेका छन् । प्रहरी पनि चुनावको लागि शान्ति सुरक्षामा खटिसकेको छ । तर अधिकाशं प्रहरी अधिकृत भने बढुवा खान र मालदार ठाउँमा सरुवा भएर जानको लागि आफूले भनेको र मन पराएका नेता जिताउन लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *