स्वाथ पुरा गर्न सूर्यमा

समाचार

काठमाडौं । स्वार्थको लागि लाजको पसारो देखिएको छ । चुनाव जित्न मुसाको पदवी पाएका कमल थापा आफू एमालेको चुनाव चिन्हबाट उम्मेद्वार भएका छन् । थापाप पार्टीका अरु नेताले भने राप्रपा नेपालको चुनाव चिन्हतिर लिएर चुनाव लड्दैछन् । कमल थापा जस्तो प्रतिगमनकारीलाई एमालेले बोक्दा चुनाव जित्न झापामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको पार्टीका दीपक सिंहले दिएको सोही क्षेत्रको उम्मेद्वारीले के भन्ला ? राजनीतिमा स्वार्थको नाम लिने मुसा धेरै छन् ।
क्रिश्चियन ठेकेदार एकजनाथ ढकाल एमालेभित्र समानुपातिक सूचीमै १७औं स्थानमा छन् । ढकालको परिवार दल बेपत्ता छ । एमालेले राप्रपा नेपालसँग हेटौंडा १ र झापा क्षेत्र नं. ५ गठबन्धन गरेको छ । जहाँ कमल थापालाई केपी ओलीले उम्मेद्वार बनाएका छन् । उता राप्रपासँग झापा ३, रुपन्देही २, बोँके १ मा एमालेको साथ रहेको छ । दीपक बोहोरा, धवल शमशेर जबरा एमालेको साथमा चुनाव चिन्ह हलो लिएर मैदानमा छन् । एमाले, राप्रपा, गठबन्धन तीन क्षेत्रमा पार्टी फरक भएपछि कार्यक्रम मिल्दैन । तर राप्रपा नेपालका कमल थापाले आफु संसदमा छिर्न एमालेसँग गठबन्धन गरेको थापाकैै सहयोगीले पचाएको छैन । अरुलाई तीर कमललाई सूर्य चिन्हमा मोह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *