वैदेशिक व्यापारमा निरीह बन्दै नेपाल

समाचार

अर्थतन्त्रको पिलर मध्ये एक हो वैदेशिक व्यापार । विश्वव्यापीकरणले वैदेशिक व्यापारलाई यस्तो सहज बनाइदिएको छ कि सुदूर मुलुकका उपभोग्य वस्तुहरु नेपालीहरुले प्रयोग गर्न पाएका छन्् भने नेपाली उत्पादन विश्वकै कुना काप्चामा रहेका मुलुकका नागरिकले प्रयोग गर्न पाएका छन्् । विश्वव्यापीकरण व्यापकतासँगै मुलुकले आफ्ना उत्पादन एक मुलुकबाट अर्काे मुलुकमा सहजै व्यापार गर्न सक्दछन्् । तर वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न सकिएन भने मुलुकको अर्थतन्त्र कस्तो सम्म हुनसक्छ भनेर अहिलेको नेपालको अर्थतन्त्रलाई हेदाृ पनि फरक पर्दैन । वैदेशिक व्यापारको आयातमा निर्भर रहँदा अहिले नेपालमा वैदेशिक मुद्राको सिञ्चिति यस्तो खराब अवस्थामा छ कि नेपालले उपभोगका सामाग्रीहरुमा समेत प्रतिबन्ध लगाउन बाध्य बनेको छ । वैदेशिक अध्ययनमा जानेहरुको सटहीमा पनि सीमा तोकिएको छ । सुन तथा सुविधाका सामानहरुको आयात प्रतिबन्ध कायम नै छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९÷८० को साउन–असोज ३ महिनामा नेपालले वैदेशिक व्यापारमा कुल ४ खर्ब ९९ करोड ८८ लाख रुपैयाँको आयात गरेको छ भने केवल ४१ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा नेपालको आयात बढेको छ भने निर्यात घटेको छ । यस्तो अर्थ के हुन्छ भने नेपालको आन्तरिक उत्पादनले विदेशी बजार नपाएको अवस्था छ । आन्तरिक उत्पादन घट्दै जाने र वैदेशिक उत्पादनको उपभोग बढ्दै जाने अवस्थाले यस्तो अवस्था सिर्जना भएको देख्न सकिन्छ । नेपालको सन्दर्भमा हरेक वर्ष आयातको आकार बढ्दै गएको र निर्यातको आकार घट्दै गएको देख्न सकिन्छ । यसले अर्थतन्त्रलाई जोखिम बनाउँदै लगेको देख्न सकिन्छ । अहिले नेपालीहरुले नेपालको उत्पादन नभएको खण्डमा विदेशबाट आयातित वस्तुहरु प्रयोग गर्न बाध्य भएका छन्् । अधिकाशं उपभोग्य खाद्यान्नदेखि अन्य वस्तुहरु विदेशबाट आयात भएका छन्् र नेपाली जनता यही वस्तुहरु उपभोग गर्न बाध्य छन्् । नेपालको व्यापार घाटा बढ्दै जाँदा नेपालमा महंगी बढ्ने, वस्तुहरु भित्रिन नसक्दा हाहाकार हुने, नेपालको आम्दानीले खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ । नेपालको राजनीतिक नेतृत्वले निहीत स्वार्थका कारण बजेट तथा अन्य माध्यमबाट आन्तरिक उत्पादन भन्दापनि आयातलाई नै प्राथमिकतामा राखेको महसुस गर्न सकिन्छ ।
नेपालले यो आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ । यही अवधिमा गत वर्षको आर्थिक वर्षमा नेपालले ६५ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । वर्षेनी नेपालको निर्यातको आकार घट्दै गएको देख्न सकिन्छ । गत आर्थिक वर्षको तुलनामा नेपालले यो आर्थिक वर्षमा २१ अर्ब रुपैयाँ बढीको आयात गरेको छ भने निर्यातको सन्दर्भमा २४ अर्ब रुपैयाँ कम निर्यात गरेको छ । आव २०७९÷८० को साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा नेपालको निर्यात अवस्था ३५ प्रतिशतले घटेको छ । निर्यात घट्दै जानु र आयात बढ्दै जानुले नेपालको कमजोर अर्थतन्त्रलाई प्रतिविम्वित गर्दछ । फलस्वरुप नेपालको महंगीको अवस्था केही वर्षमै निकै माथि पुगिसकेको छ । नेपाली मुद्रा कमजोर बन्दै गइरहेको छ ।
विलासिताका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाउँदा पनि नेपालको आयातको आकारमा खासै फरक नदेखिनुले आगामी दिनमा नेपालको अर्थतन्त्र पूर्ण रुपमा परनिर्भर बन्ने संकेत देखिसकिएको छ । अर्कोतर्फ, परनिर्भताको असर नेपालले भारतले गरेको नाकाबन्दीको समयमा भोगिसकेको छ । त्यससमयमा नेपालमा उत्पादन नहुने र गर्ने नसकिने पेट्रोलियम पदार्थ बाहेक अन्य वस्तुहरुमा पनि कोकोहोलो देखिनु र नेपालीले चाउचाउ खाएर बाँच्नुपर्ने अवस्था सिर्जना हुनुले नै नेपालको परनिर्भताको प्रभाव देखाइसकेको छ । नेपालमै उत्पादन गर्न नसकिने र नहुने पेट्रोलियम पदार्थ बाहेक अन्य वस्तुहरु उत्पादन गर्न सकिने वा विकल्प खोज्न सकिने हुन्थ्यो । तर परनिर्भरताले गाँजेको नेपाल र नेपालीहरुमा नाकाबन्दीको प्रभावले एउटा पाठ पढाएको थियो । तर नेपालीहरुले केही वर्षमा नै ती दिन र ती समस्याहरुलाई बिर्सेको देख्न सकिन्छ । नेतृत्वले पनि नाकाबन्दीको प्रभावलाई अनुभव गर्दै नेपाललाई स्वनिर्भर बनाउन कडा रुपमा लागिपर्नुपथ्र्याे । तर नेतृत्व र सरकारबाट त्यो हुन सकेन । नेपाली जनताले पनि पुनः आयात सुरु भएपछि आन्तरिक विकल्पभन्दा पनि आयातित वस्तुहरुमै रुची देखाउन पुगे ।
नेपाली नेतृत्वले दृढ संकल्पका साथ आयात घटाई आयात निर्यातको सन्तुलन मिलाउन र अर्थतन्त्रलाई जोखिमबाट उकास्न काम गर्न सुरु गरेनन् भने नेपालले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । अहिलेको अर्थतन्त्रको अवस्था यस्तो छ कि विदेशबाट पठाएको रेमिट्यान्सले नेपालीको चुलो जल्ने अवस्था छ । त्यही आयातित वस्तुहरु खरिद गर्दा नेपाल भित्रिएको विदेशी मुद्रा पुनः फिर्ता जाने गर्दछ । अब नेपालले व्यापार घाटालाई कम गर्दै वैदेशिक व्यापार सन्तुलनका निम्ति काम गर्नुपर्ने देखिन्छ । यसको लागि पहिलो कार्य भनेको नै आन्तरिक उत्पादनको प्राथमिकता हो । आन्तरिक उत्पादनले मुलुकको माग पनि धान्ने र निर्यात योग्य सामाग्रीहरु तयार गरेर आयात घटाउने र निर्यात बढाउने काम गर्दछ । समयमा नै यसका निम्ति काम गर्न सकिएमा निकट भविष्यमा नै नेपालले आफ्नो लक्ष्य हासिल गर्न सक्दछ । व्यापार सन्तुलन र आन्तरिक उत्पादनको बढावाका निम्ति नेतृत्वले अहिले पनि सोचेन र राजनीतिक खिचातनी र भ्रष्टाचारमै तल्लीन भए भने यसको ठूलो र खराब नतिजा नेपाली जनताले भोग्नुपर्ने हुन्छ । त्यसैले नेतृत्व चयनमा पनि नेपाली जनताले हाम्रा भन्दा पनि राम्रालाई छनैट गर्नुपर्ने अपरिहार्य बनिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *