काठमाडौं । आसन्न आमनिर्वाचन नजिकिँदै गर्दा कतिपय राजनीतिक दल निकट पत्रकारहरु चुनावी मैदानमा होमिन थालेका छन्् । दलनिकट पत्रकारहरु चुनावी मैदानमा लागिपरिरहँदा स्वतन्त्र रुपमा कमल चलाउने श्रमजीवी पत्रकारहरु छायाँमा पर्दै गएका छन्् । यसरी दलको खुलेर प्रचारप्रसारमा जुट्ने पत्रकारहरुमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल, माओवादी निकट प्रेस संगठन नेपाललगायत अन्य दलनिकट पत्रकारहरु चुनावी मैदानमा न्वारानदेखिको बल निकालेर लागिपरेका छन्् । यसरी लागिपर्ने पत्रकारका नेताहरु पार्टीनिकट मात्रै नभएर एउटै संघसंगठनभित्र पनि नेतैपिच्छे छुट्टाछुट्टै व्यक्तिवादी प्रचारवाजी गरिराखेका छन्् । त्यसरी संगठनका नाममा पार्टी पत्रकारिता गर्नेहरुले के पत्रकारिताको धर्म र आचारसंहिताको पालना गरेका छन्् त ? अहिले कतिपय पार्टी पत्रकारिता गर्ने पत्रकारहरुले व्यक्तिपिच्छे फेस बुक, ट्वीटर, युट्युब, अनलाइन लगायतका सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट व्यक्तिवादी प्रचारप्रसार गरिराखेका छन्् ।
उता स्वतन्त्र रुपमा कमल चलाउने वास्तविकध श्रीमजीवी पत्रकारहरु भने पलायन हुँदै गएका छन्् । उनीहरुलाई न त राजनीतिक पार्टीका नेताहरुले चिन्छन्् न त समाजसेवी, उद्योगी, व्यापारी तथा मानवअधिकारवादीले नै चिन्दछन्् । उनीहरुले पत्रकार भनेर चिन्ने भनेको जो पत्रकारको नाममा राजनीति गरेर हिड्छ, ठूलो–ठूलो स्वरमा बोल्छ, टेलिभिजनको पर्दा अगाडि उभिन्छ र नेताको बखान गर्छ, उसलाई मात्रै चिन्ने गरिन्छ । तर, त्यसरी चिनिने राजनीति दलनिकट पत्रकारका नेताले लेखेर समाजमा परिवर्तनको लागि कुनै भूमिका खेलेको देखिँदैन । यतिबेला विभिन्न राजनीतिक दलका नाममा खोलिएका पत्रकारको संघ, संगठनका पत्रकारका नेताहरुले पार्टीलाई भँजाएर खाने र चुनावी अभियानको नाममा पैसा असुल्ने काम गरिराखेका छन्् । यी राजनीतिक पत्रकारहरुले न त आफ्ना लगानीमा मिडिया चलाएका छन्् । न त स्वतन्त्र रुपमा कलम चलाउने वास्तविक श्रमजीवी पत्रकारहरुको हकहितमा लडेका छन्् । खाली आफ्नो संगठन र पदको दुरुपयोग गरी पैसा असुल्ने र घर घडेरी किन्ने, गाडी चढ्ने, विभिन्न रेष्टुरेन्ट, होटलहरुमा सुरासुन्दरीसहित रमाइलो गर्ने । राजनीतिक दल र तिनका नेताहरुलाई आफ्नो पहुँच अनुसार चाकडी र चाप्लुसी गर्ने ।
बिहान विभिन्न चोक, गल्ली र चिया पसलहरुमा चुनावको विश्लेषण गर्दै आफूनिकट नेताको बढाइचढाइ गर्ने । पार्टी, सिद्धान्त र पत्रकारिताको धर्मलाई बिर्सँदै व्यक्तिवादी प्रचार गर्ने गर्दछन्् । बुलेका विभिन्न दलका मन र व्यवहार मिल्ने पत्रकारका नेताहरु होटल, रेष्टुरामा जम्मा भएर आ–आफ्ना नेताहरुको गुनगाउन गाउने र पार्टीको प्रचार गरेझै गरी आफ्नै पार्टीभित्रका नेताहरुलाईं गालीगलौज गर्ने जस्ता व्यवहार गर्दै आएका छन्् । के पत्रकारका नेताहरुले गर्ने काम यस्तै हो ? उनीहरुले राजनीतिक पार्टीको झन्डा बोकेर हिड्ने हो कि श्रमजीवी पत्रकारको हकहितमा काम गर्ने हो ? पत्रकारको चुनावका बेला मात्रै ठूला–ठूला स्वरमा श्रीमजीवी पत्रकारको हकहित र पत्रकारिताको आचारसंहिताको कुरा उठाउने अनि पदमा पुगिसकेपछि एउटा–एउटा राजनीतिक पार्टीको नेता समात्ने । आफू ठूलो बन्ने, वास्तविक पत्रकारिता गर्नेहरुको खोजी नगर्ने । आफ्नै संघ, संगठनभित्रका पत्रकारहरुको खेदो खन्ने । कसरी हुन्छ आफ्नो गुट बनाउने । संगठनको नाममा पैसा उठाएर आफ्नो वरिपरि घुम्नेहरुलाई चेपेजस्तो गर्ने । अन्य पत्रकारलाई नजिक आउन नदिने । मिटिङ बस्ने नाममा मन र व्यवहार मिल्नेलाई मात्रै सहभागी गराउने । पत्रकारिताको नाममा उठाइएको रकम बाडचुड गरी खाने । त्यस्तै पत्रकारलाई पुरस्कार वितरण गर्ने नाममा पनि लामो समय कलम चलाएर ख्याति कमाए पत्रकारहरुलाई वाइपास गर्ने । आफ्नो वरिपरि घुम्ने, पत्रकारिता गर्नेभन्दा पनि आफूले लाए÷अह्राएको काम गर्ने र नेताको चाकडी गर्नेलाई पुरस्कारको सिफारिस गर्ने गरिन्छ । त्यसकारण अहिले वास्तविक श्रमजीवी पत्रकारहरु ओझेलमा पर्दै गएका छन्् ।
यसैको सिको राजनीतिक दलका नेताहरुले पनि गर्दै आएका छन्् । राजनीतिक दलहरुले पनि लामो समय योगदान गरेका, जनतामाझ राम्रो छवि बनाएका, पार्टीप्रति निष्ठापूर्वक काम गरेका नेता, कार्यकर्तालाई पाखा लगाउने काम गर्दै आएका छन्् । त्यसको परिणाम स्वरुप अहिले राजनीतिक दलका शीर्ष नेताहरु आधिकारिक उम्मेदवारविरुद्ध विभिन्न ठाउँमा बागी उम्मेदवारको सामना गर्नुपरेको छ । यो परिस्थितिको सामना विभिन्न दलनिकट पत्रकारका नेताहरुले पनि नगर्नुपर्ला भन्न सकिन्न ।