चुनाव नजिकिँदै गर्दा दधिकोटवासीमा खानेपानी आतंक

समाचार

काठमाडौं । अहिले बजारमा च्याउसरी खोलिएका पानी उद्योगहरुले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन्् । अधिकांश पानी उद्योगीहरुले गुणस्तरहिन पिउने पानी बजारमा ल्याएर विक्रीवितरण गर्ने गरेकाले धेरै मानिसहरु विभिन्न रोगको शिकार बन्न वाध्य छन्् । यसरी खुलमखुला रुपमा आफूखुसी बजारमा ल्याएर बिक्रीवितरण गरिएको पानीको गुणस्तर मानिसको स्वास्थ्यका लागि उपयुक्त छ कि छैन भनेर सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । यसरी पानी उद्योग सञ्चालन गर्ने व्यापारीहरुले सोझै खोलाबाट ट्याङ्करमा उठाएर बिना प्रसोधन बजारमा विक्रीवितरण गरेका उदाहरणहरु प्रशस्त छन् । अहिले कतिपय पानी व्यापारीहरुले खानेपानी संस्थानका कर्मचारीहरुसँग मिलेमतो गरी आफ्नो व्यापारलाई अगाडि बढाउने गरेका छन्् ।
यसरी पानीको व्यापार गर्ने उद्योगीले राष्ट्रिय गौरवको आयोजना मेलम्चीलाई पनि प्रभावमा पर्ने रणनीति अपनाको देखिन्छ । कतिपय खानेपानी संस्थानका कर्मचारीहरुले यस्ता गुणस्तरहीन पानी उद्योगीबाट कमिसन खाने गरेका उदाहरणहरु थुप्रै भएको भुक्तभोगीहरु बताउँछन्् । अहिले काठमाडौं उपत्यकाभित्र खानेपानीको अभाव खेप्दै आएका उपत्यकावासीहरुले खाना पकाउने पानीसम्म किन्नुपरेको हैरानी व्यहोर्दै आएका छन्् । कतिपय खानेपानी संस्थानका कर्मचारीहरुले खानेपानी वितरण गर्ने नाममा विचौलियामार्फत चेलखेल गर्ने गर्दछन्् । किन कि कतिपय ठाउँमा खानेपानी संस्थानले पानी वितरणमा ढिलासुस्ती गरेर उपभोक्ताहरुलाई पानी नदिएर हैरान पारेपछि किन्न वाध्य छन्् । खासगरी खानेपानी संस्थानका सञ्चालकहरुको मनपरी र लापरवाहीले यतिबेला अधिकांश उपभोक्ताहरु मारमा पर्ने गरेका छन्् । उदाहरणको लागि भक्तपुरको दधिकोटस्थित खानेपानी समितिका सञ्चालकहरुले १२ वर्षसम्म साधारण सभासमेत नगरी पद ओगटेर बसेका छन्् । यदि त्यहाँ फाइदा छैन भने १२ वर्ष सम्म एउटै व्यक्ति पद ओगटेर किन बस्छन्् त ? उनीहरु खानेपानी समितिको विधान अनुसार साधारण सभा गर्न किन मान्दैनन् ? यसैकारणले गर्दा दधिकोटका खानेपानी उपभोक्ताहरु मारमा परेका छन्् । अहिले दधिकोटका जनताले पानी खान नपाएको तीन महिनाभन्दा बढी भइसकेको छ । कतिपय जनताका पानीको कारण घरझगडा समेत हुने गरेको छ । खानेपानी सञ्चालक समितिले त्यहाँका जनतालाई कुनै वास्ता गरेको छैन । र, पानीको स्रोत जुटाउने काम पनि गरेको छैन । अधिकांश दधिकोटका जनताले परव्यक्ति ४० हजारसम्म बुझाएर धारा जडान गरेपनि पानी भने देख्न पाएका छैनन् । तर, उपभोक्ताहरुले न्यूनतम रु १४० का दरले पैसा भने महिनैपिच्छे बुझाउने गरेका छन्् । अहिले कतिपय खानेपानी सञ्चालक समितिहरुले आफ्ना वरिपरिका मान्छेलाई बिना दर्ता र बिना पैसा धारा जडान गरेका छन्् । पानी पनि सित्तैमा दिएका छन्् । सर्वसाधारण भने खाना पकाउने पानी समेत किनेर खान वाध्य छन्् । त्यस ठाउँमा नगरपालिकाले पनि खासै ध्यान दिएको छैन । दुई पटक स्थानीय निर्वाचन जितेर मेयर बनेका वासुदेव थापा भने मुकदर्शक जस्तै बनेका छन्् । अहिले खानेपानी सञ्चालक समितिको अध्यक्षमा अनिल श्रेष्ठ रहेका छन्् । त्यसैगरी उपाध्यक्षमा राजेन्द्र राजथला र कोषाध्यक्षमा लेखबहादुर विष्ट रहेका छन्् । उनीहरुले १२ वर्षसम्म सधारण सभासमेत नगरी समितिलाई गुमराहमा पारिराखेका छन्् । उपभोक्ता भने पानी नपाएर हैरानी खेपिरहेका छन्् । कतिपय उपभोक्ताले पानीको लागि हारगुहार गर्दा पनि सञ्चालक समिति चुपचाप बसिरहेको अवस्था छ । अहिले संघ र प्रदेशको लागि आमनिर्वाचन हुँदै छ । त्यहाँका ठूला नेता भनाउँदाहरु एमालेका महेश बस्ने, नेपाली कांग्रेस दूर्लभ थापालगायतका राजनीतिक दलका नेताहरुले खानेपानीको बारेमा कुनै पनि पहल कदमी गरेका छैनन् । खानेपानीका सञ्चालक समितिहरुले १२ वर्षसम्म अडिट रिपोर्टसमेत बनाएका छैनन् । खाली जनताबाट धाराको पैसा असुल्ने र बैंकमा राखी ब्याज असुलेर खानेसम्मको काम गरिराखेका छन्् । यस विषयमा तामाकोशी सम्वाददाताले खानेपानी समितिका अध्यक्ष अनिल श्रेष्ठलाई सम्पर्क गरेर बुझ्न खोज्दा फोनसमेत उठाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *