ramchandra

मंसिर ४ गते शीर्ष नेताहरुको गर्लान जनताको फैसला

समाचार

रामचन्द्र बस्नेत
काठमाडौं । यतिबेला नेपालका राजनीतिक दलका शीर्ष नेताहरु चुनावी मैदानमा होमिएका छन्् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा, गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, धनराज गुरुङ, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, डा. शशांक कोइराला, सुजता कोइरालालगायतका शीर्ष नेताहरु चुनावी माहोलमा होमिएका छन्् । यी शीर्ष नेताहको भविष्यको फैसला भने आगामी मंसिर ४ पछि मात्र थाहा हुने छ । यसैगरी, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, इश्वर पोख्रेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ, लालबाबु पण्डित, महेश बस्नेत, कृष्ण गोपाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ, शंकर पोख्रेल, योगेश भट्टराई जस्ता नेताहरुको पनि फैसला मंसिर ४ निर्वाचनले दिने ।
यसैगरी माओवादी केन्द्रबाट पार्टी अध्यक्ष प्रचण्ड, जनार्दन शर्मा, बर्षमान पुन, शक्ति बस्नेत, ओनसरी घर्ती, पम्फा भुसालजस्ता नेताहरुको भविष्य के हुन्छ भन्ने कुरा कुनै जानकारी छैन । आगामी मंसिर ४ मा हुने आमनिर्वाचनले यी नेताहरुको हविगत देखिनेछ । यसैगरी एमालेबाट फुटेर एकीकृत समाजवादी गठन गरेर अध्यक्ष बनेका माधवकुमार नेपाल, झलनाथ खनाल, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाक्रीजस्ता शीर्ष नेताहरुको पनि आगामी निर्वाचनले कसरी फैसला गर्छ यो भने हर्न बाँकी नै छ । यस्तै उता तराईंवासी दलहरुमा उपेन्द्र यादव, शरदसिंह भण्डारी, गिरीराजमणि पोख्रेल, मातृका यादव, प्रभु शाह, महन्थ ठाकुर, विरोध खतिवडा, रामचन्द्र झा, महेन्द्र राय यादव, राजेन्द्र महतो जस्ता पुराना नेताहरुको भविष्य भने अहिले यसै भन्ने अवस्थामा छैन । किनकी राजनीतिक दलका शीर्ष नेताहरु बारम्बार सत्तामा जाने र देशको र जनताको हितमा विकासको लागि भन्दा पनि परिवारवादको हितमा काम गर्ने भएकाले अधिकांश नेपाली जनताहरुले मन पराउन छाडेका छन्् । अहिले आगामी मंसिर ४ को निर्वाचनलाई केन्द्रित गरेर हेर्दाखेरी अधिकांश जिल्ला प्रदेश स्थानिय तह विभिन्न चोक, गल्ली, सार्वजनिक स्थलमा वरिष्ठ नेताहरुको चर्चा परिचर्चा चल्न थालेको छ ।
कतिपय सर्वसाधारण जनताले यी शीर्ष नेताहरु सबै राष्ट्र, राष्ट्रियता, विकास र जनताको लागि केही गर्न नसक्ने रहेछन््, खाली सत्तामा जाने, भ्रष्टाचार गर्ने, आफ्ना वरिवारवाद हावी गराउने वरिपरि घुम्नेलाई जागिर खुवाउने, राजदुत बनाउने, विभिन्न आयोजनमा नियुक्ति गर्ने, भ्रष्टचारीलाई खुलमखुला प्रोत्साहन दिने जस्ता काम गर्दै आएकाले राजनीतिक दलका नेताप्रति जनताको वितृष्णा जागेको हो । यस कारण आम सर्वसाधारादेखि विभिन्न बुद्धिजीवी, लेखक साहित्यकार, पत्रकार, वकिल, नागरिक समाज, मानव अधिकारवादी जस्ता संघसंस्थामा कार्यरत ्व्यक्तिहरुले समेत यी शीर्ष नेताहरुको बारेमा चियोचर्चो गरिरहेका ेअवस्था छ । र, कतिपय चोक र गल्ली गाउँघर वरपर मतादाताहरुले भन्ने गरेका छन््, यी राजनीति दलका शीर्ष नेताहरु काम गर्दैनन्, युवा नेताहरु आजको आवश्यक रहेको भन्ने भनाई अधिकांश नेपाली जनताहरुको रहेको छ । त्यसकारणले पनि यी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आगामी संघ र प्रदेश निर्वाचनमा कुन–कुन शीर्ष नेताहरुले जित हासिल गर्ने हुन् या प्रजय हुने हुन् यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *