चाडवाडसँगै कर्मचारीलाई चुनावी रन्को

समाचार

काठमाडौं । वडा दशैं, तिहार र छठपर्व लागेसँगै कर्मचारीहरुले लामो विदा बसेका थिए् । यी चाडवाड सकिएसँगै कर्मचारीहरु भने आफ्नो कार्यालयमा फर्केका छैनन् । केही फर्किए पनि अधिकांश उच्च तहका कर्मचारी भने अहिलेसम्म कार्यकक्षमा हाटा गर्ने र हिड्ने काम गरिरहेका छन्् । कतिपय महत्वपूर्ण कार्यालयहरुमा सेवा ग्रहरीले सेवा लिन पाएका छैनन् । सरकारले पनि यस्ता कर्मचारीहरको खोजिनिति गरेको छैन । कतिपय कर्मचारीहरु चुनावको बहानापारी घरमै बसेर पार्टी प्रचारतिर जुटेको देखिन्छ । अहिले सरकारले पनि कतिपय कर्मचारीहरुलाई निर्वाचनको लागि मतदान अधिकृत खटाएर पठाउने तयारी गरिरहेको छ । त्यसरी मतदान अधिकृत भएर खटिने कर्मचारीहरु कतिपय निर्वाचनस्थलमा जानको लागि तयारी गर्दैछन्् । तर, धेरैजसो कर्मचारी खटिएर गएपनि आ–आफ्नो आस्थाको आधारमा लभिङ गरी चुनाव प्रभावित पार्ने खेलमा लाग्ने देखिन्छ ।
यसैगरी सुरक्षा निकायहरुले पनि आ–आफ्नो पार्टीको आस्था राख्ने सुरक्षा अधिकारीहरुले सरुवा र बढुवाको लागि मध्यनजर गरी सुरक्षा निकाय खटाउने गरेको देखिन्छ । यसले के देखाउँछ भने सबै राजनीतिक दल नजिक रहेका कर्मचारी संघ, संगठनहरुले आ–आफ्नो पार्टीलाई जिताउन लभिङ गरिरहँदा संघ र प्रदेशको निर्वाचन धाँधलीरहित नहोला भन्न सकिँदैन । यस्तै मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तादेखि भिड हुने र मतदाताहरुलाई त्रास हुने वातावरण नहोला भन्न पनि सकिँदैन । यसले पार्ने असरबारे सबै राजनीतिक दल, कर्मचारी, निर्वाचन आयोग, सुरक्षा निकाय र अभिनुगमन तथा पर्यवेक्षकमा खटिने सहभागीहरुले बेलैमा होसियारपूर्वक र सतर्क भएर नलागे भयरहित निर्वाचनको कल्पना गर्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *