पिउने पानीको जारमा ठगी

समाचार

काठमाडौँ । प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो । तर, अहिले पानीको तौलमै समस्या भएको खुलासा भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको हो । पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन् ।

विभागका निर्देशक होमनाथ भट्टराईले १९ लिटर क्षमता भएको जारलाई २० लिटर भनेर बजारमा पठाउने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिए । उनले भने, “१९ लिटर मात्रै पानी भएको तर २० लिटर भनेर लेबल टाँसिएको जार बजारमा बाक्लै भेटिएका छन् ।”

उपभोक्ता अधिकारकर्मीहरू भने वर्षौंदेखि पानीका नाममा उपभोक्ता ठगी गर्ने नापतौलमा ठगी गरिरहेका उद्योगीलाई कडा कारबाही हुनु्पर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नापतौलमै ठगी गर्नु गम्भीर अपराध भएकाले कानुनका भएको हैदसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए ।

स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ को पाँचौँ संशोधनअनुसार वस्तुमा घटी वा बढी तौल भएमा पाँच हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । पानीको जारको हकमा प्रत्येक जारको पाँच हजारका दरले कति वटा जारमा ठगी गरेको छ त्यस आधारमा पनि जरिवाना गर्न सकिने व्यवस्था सो ऐनमा गरिएको छ ।

नेपाल नापतौल तथा गुणस्तर विभागका क्षेत्र कार्यालय प्रमुख निराजन पुडासैनीले पानीको तौलमा ठगी गर्ने उद्योगीलाई स्ट्यान्डर्ड नाप र तौल ऐनअनुसार प्रत्येकमा पाँच हजारका दरले जरिवाना गर्न सकिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *