काठमाडौं २ मा गठबन्धनबाट असन्तुष्ट मतदाता कुन्तीको पक्षमा मोडिँदै

राजनीति समाचार

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्ना चुनावी क्षेत्रमा प्रचारप्रसारका लागि न्वारनदेखिको बल निकाले जुटेका छन् । यसैसन्दर्भमा राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचारलाई आक्रमक ढंगले अगाडि बढाएकी छिन् ।

काठमाडौं क्षेत्र नं. २ मा कुन्तीको प्रचार अभियानले अन्य उम्मेदवारहरु अत्तालिन थालेको गोठाटारका एक स्थानीय बताउँछन् । पेप्सीकोलाका अर्का स्थानीय बताउँछन्, ‘यस क्षेत्रमा सधैं बाहिरबाट आयातित उम्मेदवार आउने तर निर्वाचनपछि जनताका कामभन्दा पनि आफ्नो दुनो सोझ्यान मात्रै केन्द्रित हुने प्रवृत्तिले वाक्क, दिक्क भएका मतदाता यसपटक स्थानीय युवा उम्मेदवार कुन्तीतिर मोडिएका छन्।

जडिबूटीका स्थानीय भन्छने, ‘पुराना र आयातित उम्मेदवारीहरु चुनावका बेला पार्टी र व्यक्तिगत फोस्रा एजेन्डाको भारी बोकेर आउने, चुनावपछि क्षेत्रमा फर्केर नआउने प्रवृत्तिले त्यस्ता उम्मेदवारप्रति जनता आक्रोशित भएका छन् ।’

उता वीरेन्द्रचोकका मतदाता नाम नबताउने शर्तमा भन्छन्, ‘म सधैं नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा भोट हालिरहेको व्यक्ति हुँ, तर यसपटक कांग्रेसले ‘रुख’ चिन्हमा उम्मेदवार पठाएन । सिद्धान्तै नमिल्ने माओवादीसँग गठबन्धन गरेको छ । नेताहरुले गठबन्धन गरे हामीलाई त्यसमा भोट दिनुपर्छ भन्ने वाध्यता छैन त्यसैले यो पटक राप्रपाकी कुन्तीलाई भोट दिने विरचार गरेको छु ।’

कोटेश्वरका स्थानीयले भने, ‘लोकतन्त्रको मसिया पार्टी नेपाली कांग्रेसले नै लोकतन्त्रको धज्जी उडाएर सिद्धान्त, संस्कार र बाटो नै नमिल्ने माओवादीसँग गठबन्धन गरेकाले हाम्रो सिद्धान्तसँग नजिक पार्टी राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेललाई भोट हाल्ने विचारमा छौं ।

यसरी आफूलाई ठूलो दल र शीर्ष नेता भन्न रुचाउनेहरुले मतदाता, कार्यकर्ताको भावनाबिपरीत अलोकतान्त्रिक गठबन्धन गरेकाले पनि कांग्रेसजनमा निरासा छाएको हो । मतदाताहरु भन्छन्, ‘चुनाव जित्नका लागि ४÷५ वटा पार्टीसँग गठबन्धन गर्ने अनि आफूलाई ठूलो दलको नेता भन्ने कसरी हुन्छ ?’ प्रतिप्रश्न गर्दै आक्रोश पोख्छन् ।

‘सिंगल लडेर चुनाव जित्न नसक्ने पार्टीले अब ठूलो दलको दावी गर्नु बेकार हो’, अर्का मतादाता बताउँछन् । यसरी घरदैलो कार्यक्रम र प्रचारप्रसारको आकर्षणसँगै समाजसेवी र स्थानीय युवा उम्मेदवार भएकाले पनि कुन्ती पोख्रेलप्रति जनआकर्षण बढेको हो । यो परिदृश्यलाई आँकलन गर्दा काठमाडौं क्षेत्र नं. २ यसपटक राप्रपाकी कुन्तीले विजय आसिल गर्ने लगभग पक्का भएको मतदाताहरुको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *