राष्ट्रपति भण्डारी आइसल्याण्ड जाँदै

समाचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदैछिन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत आइसल्याण्ड प्रस्थान गर्ने भएकी हुन् ।

उनी १७ जना प्रतिनिधिमण्डलको टोली सहित त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।राष्ट्रपति भण्डारीले बुधबार वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नेछिन् ।

त्यस्तै सोही दिन साँझ नै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनी कात्तिक २६ गते बिहान स्वदेश फर्कनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *