कुमारी बैंकको वार्षिक साधारण सभाको पारित, १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

अर्थ/वाणिज्य समाचार

काठमाडौं। कुमारी बैंकको २२औं वार्षिक साधारण सभाले कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोमबार सम्पन्न बैंकको साधारण सभामा पेस गरिएको आव २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०७८÷७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण प्रस्ताव पेस गरेको छ ।

यस्तै, आव २०७९÷८० को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमबाट सेवा दिइरहेको छ ।

बैंकको आव २०७८÷७९ मा चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढी छ। आव २०७९÷८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्ब ६१ अर्ब तथा नाफा १ अर्ब १४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *