एभरेष्ट बैंकको लाभांश शतप्रतिशत बढ्यो, बोनससहित २१% लाभांश घोषणा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एभरेष्ट बैंकले तीन वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

अघिल्ला दुई आर्थिक वर्षको तुलनामा बैंकको लाभांश शतप्रतिशत बढेको हो। पोहोर पनि बैंकले १०.३२ प्रतिशत लाभांश बाँडेको थियो ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो। बाँकी ७.३८ प्रतिशत नगद दिँदैछ। हाल कायम चुक्ता पुँजीमा बैंकले लाभांश प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ। यसमा प्रस्तावित १३ प्रतिशत बोनसले बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि बैंकका सेयरधनीले पाउनेछन् ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *