नेपालीलाई कानुनविरीत विदेश पठाउँदै मृत्युवरण गराउँदै

समाचार

काठमाडौं । अधिकांश नेपालीहरु यतिखेर विदेशमा रोजगारीको लागि भौतारिइरहेका छन् । र, कतिपय नेपालीहरुले विदेशमा गएर फाँसीको सजाय भोगिराखेका छन् । जबकी नेपालमा जस्तोसुकै अपराध गरेपनि फाँसीको सजाय छैन । फाँसीको सजाय नभएका मुलुकका नागरिकले विदेशमा गएर फाँसीको सजायको भागिदार हुनुपरेको छ । विदेशीले आफ्ना नागरिकलाई दिएको फाँसी सरकारले यतिबेला टुलुटुलु हेरिरहेको छ । यसबारे कुनै राजनीतिक दल, नेता र सबन्धित निकाय ध्यान दिएको देखिँदैन । यस्तै घटना केही अगाडि मात्रै खाडी मुलुकमा नेपाली नागरिकले भोग्नुपरेका छ । नेपालबाट कामको खोजीमा खाडी मुलुक पुगेका ती नागरिक विदेशीको फाँसी भोग्न वाध्य भएका थिए । उनका आफन्तले हारगुहार गर्दा पनि नेपाल सरकारले खासै वास्ता गरेको पाइएन । अहिले ती व्यक्तिले फासीको सजाय भागी मृत्यु वरण गरे । तर, नेपालमा रोजीरोटीको लागि कुनै पनि योजना सरकारले ल्याउन सकेन । खाली राजनीतिक दलहरुले चुनावका बेला मात्रै ठूला–ठूला योजना ल्याउने र भाषण मात्रै गर्ने काम गरेका छन् । वैदेशिक रोजगारको लागि विदेशिने नेपालीहरुले सास्ती भोग्दै आएका छन् । यो बारेमा सरकार अनविज्ञ रहेको छ । यतिखेर अधिकांश नेपालीहरु विदेशिने क्रम जारी छ । कतिपय नेपालीहरु घिजिट भिासाबाट जान्छन् भने कतिपय अध्ययन भिसामा विदेश जान्छन् । तर, अहिले अधिकांश मेनपावर व्यवसायीले फ्रिरी भिसा, फ्रिटिकट भने तापनि भिजिट भिसामा विदेश जाने क्रम बढ्दो छ । कतिय नेपालीहरु विदेश जानको लागि भिजिट भिसामा जाने गरेका छन् । तर अध्यागमन विभाग र श्रम तथा रोजगार मन्त्रालयका ताहचल शाखाका शाखामा कार्यरत कर्मचारी र मेनपावर कम्पनी, अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश पठाउनेका लर्को लाग्ने गरेको छ । यसै विषयलाई लिएर अहिले अध्यागमन विभाग प्रहरीबीच भनाभनको स्थिति समेत बनेको छ । कतिपय कर्मचरीहरुले अफिस समयमा काम नगर्ने अफिस छुटेर घर गएपछि मेनपावर व्यवसायीले ती कर्मचारीलाई बोलाई आफ्नो स्वार्थपूर्तिको लागि प्रयोग गर्ने गरेका छन् । कर्मचारी पनि के कम पैसा पाएपछि जे गर्न पनि तयार हुन्छन् । अहिले श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत ताहचल शाखामा कार्यरत शाखाहरु यसप्रकार छन् ः साउदी, दुबई, मलेसिया, कतार, बहराइ, कुबेतजस्ता शाखाहरु ताहचलमा रहेका छन् । ती शाखामा कार्यरत कर्मचारीहरुले पूर्व स्वीकृति, अन्तिम स्वीकृति, रिइन्ट्रीजस्ता कामहरु कर्मचारीले गर्दै आएका छन् भने मेनपावर व्यवसायीहरुले हुननहुने काम गर्दै आएका छन् । र, अहिले अधिकांश मेनपावर व्यवसायी र कर्मचारी अध्यागन विभागका कर्मचारीबीचको समन्वयकारी भूमिका खेल्दै कतिपय नेपालीहरुलाई रातको समयमा पारेर विदेश पठाउने गरेको उदाहरणहरु थुप्रै पाइन्छन् । शाखा गरेर अध्यागमन विभागका कर्मचारीहरुको कमाइ अहिले महिनामा ५० औं लाख हुने गरेको छ भने श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत कर्मचरीहरुको कमाइको बारेमा एकिन गरेर साध्य हुँदैन । यी र यस्तै कारणले गर्दा नेपालीहरु विदेशमा गएर अलपत्र पर्ने, मृत्यु दण्ड खेप्ने जस्ता समस्याले ग्रस्त छन् । यसै विषयलाई लिएर तामाकोशी सन्देशले विगत लामो समयदेखि समाचार सम्प्रेषण गर्दै आएको छ । तर, नेपाल सरकार र सम्बन्धित निकायको ध्यान कहिले जाने हो यो भने हेर्न बाँकी नै छ । अधिकांश मेनपावर व्यवसायीहरुले विदेशमा नेपाली पठाएर अलपत्र पार्ने गरेका घटनाहरु थुप्रै छन् । यस्ता मेनपावर व्यवसायीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकेको छैन । कारबाही गरे तापनि आँखामा छारो हाल्ने काम मात्रै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *