पौडेल जिताउन प्रचण्ड र गृहमन्त्रीको डिजाइन

समाचार

काठमाडौं । रुपन्देही २ गठबन्धन सरकारले राजु गुरुङ उम्मेदवार बनाएको थियो भने प्रतिपक्षी दल नेकपा एमालेले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई उम्मेदवार बनाएको छ । तर, राजु गुरुङलाई भने बैंकिङ्क कसुरको मुद्दा लगाएर उनको उम्मेदवारी निर्वाचन आयोग खारेज गरिदिएको छ । तर, राजु गुरुङ भने लुम्बिनी २ प्रख्यात व्यक्ति रहेको बताइन्छ । उनीले ठेकेदारी काम गर्दै आएका रहेछन् । त्यस क्षेत्रमा अधिकांश गुरुङ वस्ती भएको कारणले उनीले चुनाव जित्ने प्रवल सम्भावना रहेतापनि गठबन्धन सरकारबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडको डिजाइनमा राजु गुरुङलाई वाइपास गरिएको बताइन्छ । एमाले नेता विष्णु पौडेललाई जिताउने भित्री खेल रहेको र जनतालाई देखाउनका लागि गठबन्धन सरकारले जनमुक्ति पार्टीका कृष्ण थापालाई समर्थन गरेको जस्तो गरेर विष्णु पौडेललाई प्रपञ्च रचेको विशेष स्रोतले तामाकोशीलाई बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *