यी तीन नेता ‘मनको लड्डु घिउसँग खाँदै’

समाचार

 

काठमाडौं । निर्वाचन नजिकिँएसँगै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जसपा, एकीकृत समाजवादी, लोसपाजस्ता पार्टीहरुमा अहिले चुनावी माहोल बढे तापनि भित्री रुपमा गुट उपगुट भएर शीर्ष नेताहरुलाई हराउने अभियान कार्यकर्ताबाटै हुन थालेको छ । यतिखेर सबैभन्दा चर्चाको विषय नेपाली कांग्रेसका शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चर्चित कांग्रेस नेता गगन थापाबीचमा को प्रधानमन्त्री बन्ने भनेर टक्क पर्ने देखिन्छ । अहिले नेपाली कांग्रेसभित्रै एउटा गु्रप प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भित्री रुपमा लागिपरेको छ भने अर्का गु्रप भावी प्रधानमन्त्रीको लागि गगन थापालाई अगाडि सार्ने योजना बनाइरहेका छन् । र, कांग्रेसभित्रै प्रधानमन्त्रीको दावी गरिरहँदा गगन थापालाई हराउन पुराना नेताहरु नै लागिपर्ने देखिन्छ । यस्तै डडेलधुराबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन युवा नेताहरु भित्री रुपमा लागिरहेको स्रोतको दावी छ । तर, यसरी कांग्रेसभित्र प्रधानमन्त्रीको लागि यी दुई पात्र उदाहरण मात्रै हुन् । यसबाहेक अरु थुप्रै नेताहरु भावी प्रधानमन्त्रीको लाइनमा बसेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्ने गरेका छन्, ‘प्रधानमन्त्रीको अफर आएमा म छाड्ने छुइँन, तर म दावी गर्नेवाला पनि छुँइन’, भन्दै भित्री रुपमा भावी प्रधानमन्त्री बन्ने खेलोमेलोमा लागि परेका छन् । तर, कु पार्टीबाट को प्रधानमन्त्री बन्ने भन्ने विषय मंसिर ४ पछि नै कुर्नुपर्ने भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *