हाम्रो पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अगाडि सारेको छ

समाचार

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेकपा एमालेका अध्यनशील र वैचारिक नेतामध्ये एक प्रखर र भव्य एवम् उदात्त नेता मानिनुहुन्छ । उहाँ विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिनु भएको हो । शङ्करको राजनीतिक यात्राकी सारथि जीवनसँगिनी सुजिता शाक्य र दुई छोरी सहितको उहाँको सानो परिवार छ । शङ्कर पोखरेल चितवनमा भएको भव्य र सभ्य दशौँ महाधिवेशनबाट नेकपा एमालेका शक्तिशाली महासचिव निर्वाचित हुनुभएको हो ।कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गर्नुभएका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं। १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा जन्मनु भएका पोखरेल जनताको बहुदलिय जनवादका व्याख्याता हुनुहुन्छ । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नुभएको थियो । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उहाँको सक्रिय सहभागीता रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको थियो । संविधान सभामार्फत् राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उहाँले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गर्नुभएको थियो । राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उहाँले प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ ।
नेपाली राजनीतिको भविष्यका रुपमा हेरिएका पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्रनम्वर २ (ख) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । संविधानको कार्यान्वयन गर्दै प्रदेश संरचनालाई स्थापित गर्न भूमिका खेल्नुभएका पोखरेलले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेशका रुपमा स्थापित गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नुभएका पोखरेलले पार्टी समस्यामा परेको बेला नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ । अहिले दाङ र शङ्कर एक अर्काका पर्याय बनेका छन् । सातओटा प्रदेशमध्ये लुम्बिनी प्रदेश मात्र यस्तो प्रदेश थियो जसले मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशमा विकास बजेटलाई फ्रिज हुन दिएनन् र पूर्णरूपमा प्रदेश विकासमा लगानी गर्नुभयो ।त्यसै समयमा दाङमा दङालीले गौरव गर्न लायक कामहरू भए । दाङमा सडक पूर्वाधारमा दुई अर्ब पचास करोड लगानी भयो । शहरी विकासमा एक अर्ब पचास करोड, खानेपानीमा दुई अर्ब र सिंचाइमा एक अर्ब लगानी भयो । स्वास्थ्यतर्फ एक अर्ब र पर्यटन, वन र वातावरणमा पचास करोड तथा विविधमा पचास करोड लागानी भयो । यो सबै रकमको सदुपयोगबाट पाँच वर्ष अघिको दाङको अनुहार भन्दा अहिलेको दाङ हेर्न लायक र विकासशील बन्यो । मुलुकको शक्तिशाली पार्टीका शक्तिशाली नेता शङ्करको विजय सिङ्गो दाङ र दाङबासीकै विजय हो भन्ने दङालीले बुझिसकेका छन् । सिङ्गो नेपालले गौरव गर्न लायक नेता जन्माउने दाङ आज उनलाई प्रतिनिधि सभामा जिताउन आतुर छ । उनी मुख्य मन्त्री बन्दा दाङका गाउँ वस्तीहरूमा पुगेको विकासले दाङको अनुहार उद्दीप्त छ । लोकतन्त्रप्रति निष्ठा राख्ने जो कसैका हात पनि रक्तरञ्जित हँसियातिर हत्पती जान गारो छ जानु पनि हुँदैन । खासगरी ५ मुख्य विषय आजको राजनीतिको केन्द्रमा छन्, जसलाई हामीले घोषणापत्रबाट व्यवस्थित रूपमा अगाडि सार्नेछौं । पहिलो, हामी जुन भूराजनीतिक अवस्थामा छौं, त्यसमा नेपालको स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा राष्ट्रिय हितको प्रवद्र्धन प्रधान विषय छ । दोस्रो, नेपालका दलहरू लामो समय राजनीतिक परिवर्तनको आन्दोलनमा जुटे, अधिकारमुखी प्रश्नलाई जोड दिए तर अब आर्थिक, सामाजिक विकासको बाटोमा हिँड्नुपर्छ । त्यसका लागि विकास र समृद्धिको मुद्दा दलहरूको प्राथमिकतामा हुनुपर्छ । हाम्रो पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अगाडि सारेको छ । तेस्रो, समाजमा जुन आर्थिक, सामाजिक विभेद छ । त्यसभित्रबाट सामाजिक सुरक्षाको अवधारणा हामीले अगाडि बढाएका छौं । जसलाई हामीले लोककल्याणकारी राज्यका रूपमा नेपाललाई स्थापना गर्न चाहन्छौं भनेका छौं । त्यसका लागि जीवनचक्रमा आधारित सामाजिक सुरक्षा भन्ने नीति बनाएका छौं । चौथो, हामी कुन बाटोमा हिँड्ने रु एउटा उदारवादको बाटो छ । अर्को, सामाजिक न्यायसहितको समाजवादको । हामीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्नुपर्छ भनेका छौं । अन्तिममा, हाम्रो मुलुकमा सुशासनको अभाव, भ्रष्टाचार र नीतिगत विचलन मुख्य समस्या छ । यसको सुधार पनि हाम्रो चासो र प्राथमिकताको विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *