पार्टी र उम्मेदवारको त्याग र इतिहास हेरेर मत गर्नुपर्छ : प्रकाशमान सिंह

राजनीति समाचार

काठमाडौँ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहास हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमम बोल्दै उनले भविष्यलाई हेरेर मतदान गर्नुपर्ने बताए । ‘मतदान भनेको भविष्यको भलाइको लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहास हेरेर मताधिकार प्रयोग गर्नुहोला,’ उनले भने ।

कार्यक्रममा उनले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए । उनले गणेशमानले मुलुकमा प्रजातन्त्र प्रापितका लागि ६० वर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वाशनमा विताएको स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *