युवाहरुलाई रोजगारीसँगै उचित पारिश्रमिक हुनुपर्छ : कुन्ती पोख्रेल

समाचार

काठमाडांै । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीब्रता दिएकी छिन् । उनी मतदाताको घरदैलो एवम् भेटघाट कार्यक्रमा स्थानीयसँग युवाहरुको विदेश पलायन रोक्न नेपालमा रोजगारीको अवसरहरु ल्याउनुपर्नेमा जोड दिँदै रोजगारी भएपनि उचित पारिश्रमिक पनि आवश्यक रहेको औल्याइन् ।

उनले आज शंखरापुर नगरपालिकाका विभिन्न स्थानका टोल, वस्तीका मतदाताहरुसँग कुरा गर्दै नेपालमा रोजगारी नभएको भइहालेपनि कामदारले उचित पारिश्रमिक नपाउने भएकाले महंगी अनुसार धान्ने गरी न्यूनतम पारिश्रमिक लागु गर्ने कानुन निर्माण गर्न आफूले उम्मेदवारी दिएकाले भोट दिन आग्रह गरिन् ।

उनले रोजगारीको लागि टिकाको दिन आँशुका ढिका झार्दै विदेशिनु नपरोस् भन्दै आफूले जितेमा स्वरोजगारको लागि युवालाई सीपयुक्त विद्यमी बनाउन पहल गर्ने बताइन् । उनले अहिले नेपालका अधिकांश उद्योगमा काम गर्ने मजदूरले उचित पारिश्रमिक नपाउने कारणले पनि युवाहरु विदेशिन वाध्य हुनुपरेको बताइन् ।

उनले नेपालमा जति पनि उद्योग व्यवसाय, होटल व्यवसाय र पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीले महंगी अनुसार उचित पारिश्रमिक नपाउने गरेकाले दुई छाक टार्न र छोराछोरी पढाउनकै लागि विदेशिन वाध्य भएको भन्दै त्यसको लागि सबै क्षेत्रका मजदुरका लागि न्यूनतम पारिश्रमिक लागु गर्न आफूले जितेमा नीति बनाउन पहल गर्ने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *