चार टुक्राको चुनाव बहिष्कार

समाचार

काठमाडौं । सिद्धान्तअनुसार चल्ने नीति र कार्यक्रमअनुसार व्यवहार गर्ने कम्युनिष्ट नेपालमा भएनन् । १० वर्षे जनयुद्धले १७ हजारको इहलिला गरायो । बेपत्ता र घाइते हजारौं भए । गणतन्त्र, संघीयता र समावेशीकताको राजनीतिक एजेण्डामा भौतिकवादको नाममा मठ मन्दिर र भत्काउन कार्यकर्ता उक्साउँदै क्रान्तिकारी क्रिश्चियन भित्र्याएका माओवादीहरुको भिडबाट सरकारको नेतृत्वसमेत भएको हो ।
तर कम्युनिष्ट भनिएका मोहन वैद्य समेत भाँडिए । क्रिश्चियन टिमले उनी भड्किए । नेत्रविक्रम चन्दले ठूलो पार्टीको उत्तराधिकारी बन्ने इच्छा देखाए । उनलाई तत्काल त्यो अवसर प्राप्त भएन । चन्दकै उक्साहटमा माओवादी फुटाएका रामबहादुर थापा एमाले बन्न पुगे । तिनको चिन्तन त्यही देखियो । सत्ता पाउँदा सिन्को नभाँच्ने, नर्वेजियन सहयोगबाट पैसा लिएर ब्राम्हण क्षेत्रीको विरोध गर्ने खड्गबहादुर विक आफ्नै वृद्ध बाबुआमाको सेवा गर्दैन । जनताको सेवा गर्न अझै क्रान्ति पुरा भएको छैन भन्दैछन् ।
जनताले २०७९ वैशाख ३० गतेको चुनावमा नेकपा चन्दले एमाले, कांग्रेससँग मिलेर बनाएको चुनाव जित्ने गठबन्धनलाई पत्याएन । चुनावकै कारण बहुमत केन्द्रीय सदस्यहरुले पार्टी फुटाए । धर्मेन्द्र बास्तोला, हेमन्त ओली छुट्टै पार्टीमा छन् । माओवादीबाट अलग्एिका मोहन वैद्यको मात्र होइन नेत्रविक्रम चन्दको पनि राजनीतिमा कुनै प्रभाव देखिएन । चुनाव बहिष्कारको गीत गाएर समाजवाद स्थापना गर्ने यिनको सपना राजनीतिमा सपनामै सीमित बनेको छ । मसालबाट भड्किएका गोविन्द सिंह थापा, मोहन वैद्य, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाको पार्टी चुनाव बहिष्कारको मुडमा छैन ।
सुरक्षा निकायले यी चार टुक्राको संवदेनशीलतालाई कसरी निगरानी गर्छ त्यो चुनावकै समयमा देखिएला । चुनावी माहोलमा पर्चा टाँस्ने, पोस्टर टास्ने अवस्था छैन । जनताले यी राजनीतिक टुक्राहरुलाई पत्याउने अवस्था पनि छैन । इगो र सुपर इगोको लहरले चुनावी बहिष्कारको नीतिलाई सहयोग गर्ने स्थिति देखिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *