गुमेको भूभाग एमालेले ल्याउन सक्ला ?

समाचार

काठमाडौं । सबै दलले चुनाव जित्न घोषणापत्र ल्याएका छन् । तर नेकपा एमालेले मात्र नेपालको गुमेको भूमि फिर्ता ल्याउने घोषणा गरेको छ । अध्यक्ष केपी ओलीको निगारनी र अडानमा ल्याइएको घोषणापत्रमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने भनेको छ । तर सरकारमा रहँदा हिजो भारतसँग एमालेको नेतृत्वले स्वाभिमानका कुरा गरे पनि व्यवहारमा कडा हुन सकेको थिएन ।
नेपालमा सरकार टिकाउन भारतकै गुलामी गर्ने कम्युनिष्टहरु पनि छन् । २५ वर्ष अगाडिको राष्ट्रघाती महाकाली सन्धीबाट नेपालले पूर्ण अधिकार लिन सकेको छैन । एमालेकै नेताहरुमध्ये भारतसँग निकट केपी ओलीलाई भारतीय शासकले बेटे भन्छन् । प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर जसवन्त सिंहको आदेश मानेर नेकपा विभाजन हुनेगरी संसद विघटन गरेका केपी ओलीका योजनाले जनता दिक्क थिए । भारतको स्वार्थमा काम गरेका ओलीलाई चुच्चे नक्साको गौरव छ । त्यसको पछाडि राष्ट्रिय सहमति थियो ।
मदन भण्डारी फाउन्डेशन चल्ने भारतकै खर्चमा हो । त्यस्तो पार्टीले गुमेको जमिन फिर्ता ल्याउला भन्ने त विश्वास नै छैन । कति भारतीयलाई नागरिकता दिने हो त्यो हेर्न बाँकी छ । ओलीको अध्यादेश संसदले पारित गरेको नागरिकता विधेयकको फोटोकपी थियो । तर ओलीले राष्ट्रपतिबाट उक्त विधेयक रोकाएकै हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *