उपेन्द्र र महन्थ मधेसमा दुबै पार्टीले कटाउलान् थ्रेसहोल्ड ?

समाचार

काठमाडौं । देशबाट मधेस टुक्र्याएर भारतमा विलय गर्ने एजेण्डासहित नाकाबन्दी गरेर ओली सरकारविरुद्ध लागेका तत्कालीन तमलोपा र सद्भावना अहिले लोपसा बन्दैगर्दा मधेसमै हार खाँदैछ । यो दलको मधेसमै शत्रु भएको जसपा र सिके राउतको जनमत पार्टीसमेत नेकपा एमालेका अध्यक्ष केपी ओलीको लाइनमा आएका छन् ।
सत्तामा नपुग्दासम्म जनताको कुरा, सत्तामा पुगेपछि घुस्याहा बन्ने गरेका छन् । स्व.गजेन्द्रनारायण सिंहले उठाएको नागरिकता मुद्दा उठाउने दायित्व महन्त ठाकुरमा सरेको छ । राजेन्द्र महतो, महन्त ठाकुरको राजनीति यसपटक समाप्त हुँदैछ । अनिल झा जसपातिर, शरदसिंह भण्डारी कांग्रेसमा, राजकिशोर यादव राप्रपामा प्रवेश गरे भने नौलो हुनेछैन । सत्ता गठबन्धनले दिएको १५ सिट बोकाको मुखमा कुभिनडो भएपछि उपेन्द्र यादवलाई सिके राउतकै छडीले काम गर्न सक्ने अवस्था छ ।
ठूला राजनीतिक शक्तिविरुद्ध सानोको पंखेजोरी लोकप्रिय बन्दैन । जसपालाई सत्ता गठबन्धनले १६ सिट दियो भने एमालेले १७ सिट । लोसपाले एमालेले संविधान मिच्ने धन्दा चलाउँदा साथ दिएको लोसपाले एमालेलाई मधेस विरोधी पार्टी भनेको थियो । तर यसपटक केपीले थाङ्नामा सुताए । एमालेले १७ सिट दिँदा फुर्केका उपेन्द्रलाई १७ ठाउँमै आफ्ना उम्मेद्वार उठाइदिएको छ । हिजो त्यही एमालेले सप्तरी जिल्लामा पार्टी सचिव नदिँदा माओवादीसँग मिलेर जेपी गुप्ताले खोलेको मधेस जनाधिकार फोरम खडा गरेका उपेन्द्र यादवको फौजमा विजय गच्छदार, शरदसिंह भण्डारी, सर्वृेन्द्रनाथ शुक्ला, रेणु यादवसम्म अटाए ।
तर राजनीतिक एजेण्डाभन्दा सत्ता केन्द्ीत भएपछि मधेसको राजनीति एकाएक खस्कँदै छ । जसपाले संघमा १७, प्रदेशमा २३ सिट, लोसपाले संघमा ७, प्रदेशमा १३ सिट पाएका छन् । यी दुई पार्टीले थ्रेसहोल्ड कटाउन कठिन छ । मधेसी नेताको एजेण्डा नै कुर्सीको भोक भएपछि अब कांग्रेस, माओवादी र समाजवादीको कब्जा पर्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *