रविन्द्र धानुकको फोटो प्रहरीभित्र बृफकेश अलपत्र

समाचार

काठमाडौं । चुनावको मुखमा नेपाल प्रहरीमा रविन्द्र धानुक र अशोक सिंहको स्वार्थ पुरा गर्न जागिरको अवधि ३० बाट ३२ वर्ष बनाएर उमेरहद ५६ बाट ५८ बनाउन अर्थमन्त्री जनार्दन शर्माले लगेको ठाडो प्रस्ताव अस्वीकार भएको छ । रामबहादुर थापा, ईश्वर पोखरलजस्ता मन्त्री हुन्थे भने सिफारिस गर्थे । कार्यक्षेत्र मिचेर जनार्दन शर्माले लगेको भएन । तर यसपटक गृहमन्त्री बालकृष्ण खाँड छन् । जनार्दनले २ करोडको निम्ति लगेको प्रस्ताव मन्त्रिपरिषद्मा थन्किएको छ ।
प्रहरीमा विवादित व्यक्तिले मौका पाउँछन् । भ्रष्टाचार गर्छन, घुस खुवाएर बढुवा हुन्छन् । यसपटक प्रधानमन्त्री पत्नी डा.आरजु राणाले गृह मन्त्रालयका नेपाल प्रहरी र सशस्त्र प्रहरी, प्रधानमन्त्री कार्यालयअन्र्तगत लगिएको राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागमा हस्तक्षेप गरेकी छिन् । डा.आरजुकै कारण प्रशासनिक क्षेत्र लथालिंग छ । गृहमन्त्री बालकृष्ण खाँडले अस्वीकृत गर्दा प्रहरी संरचना खलबलिन पाएन । प्रहरीभित्र रविन्द्र धानुकको टोली निकै बद्नाम छ । धानुकलाई राष्ट्रिय मानव अधिकार आयोगले कारवाहीको सिफारिस गरेको छ ।
यसपटक सुरक्षा फौजको आन्तरिक संरचनामाथि कांग्रेसी प्रहार भइरहेको छ । कात्तिक २५ गतेबाट प्रहरीका बद्नाम पात्र रविन्द्र धानुक अवकाशमा जाँदैछन् । उनले उमेरहद ५६ बाट ५८ बनाउने प्रयास पनि गरेका हुन् । एआईजी र डीआईजी पदको उमेर हद ५६ र सेवा अवधि २८ हो भने आईजीपीको ५८ वर्ष र सेवा अवधि ३० वर्ष छ ।
सेवा अवधि र उमेर हदलाई बढाउन हरेक आईजीपीको समयमा चलखेल हुन्छ । यसपटक रविन्द्र धानुक र अशोक सिंहले अर्थमन्त्री जनार्दन शर्माको साथ लिएका छन् । धानुक एआईजी भएको शर्माकै कारणले हो । प्रहरीमा तीन एआईजीपी पद खाली छन् । तालिम केन्द्र, प्रदेश विभाग र अपराध अनुसन्धान विभागमा एआईजीले नेतृत्व गर्थे । अहिले यी विभाग खाली छन् । उपत्यका प्रहरी प्रमुख कात्तिक २५ गते अवकाश हुँदैछन् । अहिले होटल तथा क्यासिनोमा नेपाली जुवाडे, नक्कली भारतीय नागरिक बनेर प्रवेश गर्ने वातावरण प्रहरीले नै मिलाएको छ । काठमाडौं प्रहरी परिसरमा एसएसपी बोहोरालाई च्यानल मिलाएर नै लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *