संस्थापक सेयर बिक्री गर्दै प्रभु

समाचार

काठमाडौं । प्रभु बैंकको ५० लाख १६ हजार १९९ कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैँकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैँकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कवोल गरी आवेदन पेश गर्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैँकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *