गरिमाले साढे १४ प्रतिशत लाभांश दिने

समाचार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरुलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ । कार्तिक २४ गते बसेको बैँक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ताको १३ प्रतिशत सेयर लाभांश र १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५९ कारेड ८ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसा रहेको छ । यसको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५ रूपैयाँ २५ पैसा बोनस सेयरमा कन्भर्ट गर्नेछ भने बाँकी १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२ रूपैयाँ ५३ पैसा बैँकले नगद लाभांश बाँड्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *