ramchandra

दुवै गठबन्धनले चुच्चे नक्सा भजाउँदै, भोट माग्दै

समाचार

 

रामचन्द्र

मंसिर ४ गते संघ र प्रदेश निर्वाचन हुँदै छ । राजनीतिक दलबिच सत्तापक्ष र प्रतिपक्ष दलभित्र प्रतिस्पर्धा हुँदै छ । यसपालि संंघ र प्रदेश निर्वाचनमा चीनसँग नजिक भएका नेताले टिकट पाएनन् भने उता भारतसँग नजिक भएका नेताले संघ र प्रदेशको निर्वाचनमा टिकट पाएका छन् । उनीहरुलाई सांसद बनाउने खेल भित्री रुपमा भएको चर्चा छ । अहिले भारतसँग नजिक भएका सन्दिप राणालाई सांसद बनाउने खेल भित्रि रुपमा भएको देखिन्छ । सन्दिपलाई समानुपातिक सांसद बनाउनको लागि भारतको विजेपी पार्टीका कोषाध्यक्ष नेपाल आएर सन्दिपलाई सांसद बनाउने खेल खेलिरहेको बताइन्छ । त्यसैगरी गत शुक्रबार चिनका संस्कृति पर्यटन मन्त्रालयका उपमन्त्री लिचुन नेपाल भ्रमण आएर फर्किएका छन् । तर, चीनको उपमन्त्री लिचुनले निर्वाचनलाई लक्षित नगरी २०७२ सालको भुकम्पलाई मध्यनजर गरी पुनःनिर्माणको लागि भनेर पाँच दिने नेपाल भ्रमण गरी फर्किएका छन् । तर आमनेपालीले भन्ने गरेका छन् नेपालको निर्वाचनको बेला किन यसरी भारत र चिनका नेताहरु नेपाल आउँछन् भन्ने प्रश्न नेपालीहरुले गर्न थालेका छन् । अहिले सत्ता गठबन्धन र प्रतिपक्ष दल गठबन्धनबीच चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यसैगरी कतिपय विश्लेषकहरुले भन्ने गरेका छन,् नेकपालाई फुटाउने काम भारतले गरेको भनाइ छ । तर अहिले नेपाली राजनीतिकमा यस्तो देखिन्छ कि सत्ता गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेले तत्कालीन नेकपा सरकारले गरेको चुच्चे नक्सा सार्वजनिक गरेपछि सो चुच्चे नक्सालाई भजाएर सत्तापक्ष गठबन्धन र प्रतिपक्ष गठबन्धनले भोटको राजनीतिक गर्दै आएका छन् । र, यसैलाई भजाएर दुवै गठबन्धनले आफ्नो पार्टीको फेभरमा भोट बंैक बनाउन खोज्दै छन् । जब संघ र प्रदेश निर्वाचन आउँछ अनि राजनीतिक दलहरुले नेपाली जनतालाई गुमराहमा पार्ने र प्रयोग गर्ने काम गरेका छन् । राजनीतिक दलका नेता सत्तामा बस्दा नेपालको भूभाग भारतले मिच्दासमेत खबरदारी गर्ने गरेका छैनन् । खबरदारी गर्ने पार्टी या नेतालाई देशीविदेशी शक्तिहरु लागेर विभाजित गर्ने काम गरेका छन् । अहिले राजनीतिक दलहरुले भारतले मिचेको भूभागहरु जस्तै ः लिपुलेक, कालापानी, सुस्ता, लिम्पीयाधुरलाई हतियार बनाएर चुनावी माहोलमा होमिएका छन् । राजनीतिक दलहरु सत्तामा बस्दा नेपाली जनता र नेपालको भुभाग सीमासुरक्षाको बारेमा बोल्ने गरेका छैनन् । बोले पनि तै चुनप मै चुप गर्ने गरी बस्ने गरेका छन् । अधिकांश पार्टीका नेता तथा सांसद मन्त्री बन्ने ध्याउन्नमा लाग्ने गरेका छन् । मन्त्री बनेपछि भ्रष्टचार गर्नमा व्यस्त रहने गरेका छन् । नेपालको सीमाको बारेमा र नेपाल राष्ट्रको बारेमा संसदमा समेत कुरा उठाउने गरेका छैनन् । उठाइ हाले पनि एकआपसमा राजनीतिक पार्टीबीच हिलो छ्यापाछ्यापगर्दै आएका छन् । नेपालको भूभाग र सीमाको बारेमा कतिपय ठुला राजनीतिक दलका नेताहरुले बोल्न समेत हिच्चकिच्चाउने गरेका छन् । शक्ति राष्ट्रहरुले आर्थिकदेखि भौतिकसम्म सहयोग गरेर आफ्नो उम्मेदवार जिताउने दाउमा लागि परेका छन् । तर, नेपालका राजनीतिक दलहरुले यस्तो विषयमा ध्यान नदिएका हुन् कि थाहा नपाएका हुन् ? या थाहा पाएर पनि बुझ पचाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *