चुनाव हुने कहिले ? प्रधानमन्त्रीको दाबेदार अहिले

समाचार

काठमाडौं । संघ र प्रदेश निर्वाचन संघारमा आइपुग्दाखेरी दुवै गठबन्धनदलहरु यतिखेर चुनावी प्रतिस्पर्धा गर्दै छन् । मंसिर ४ पछि सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धन हाम्रो सरकार बन्छ भन्दै आ–आफ्नो दाउमा लागेका छन् । तर, मंसिर ४ पछि सत्तागठबन्धन र प्रतिपक्ष गठबन्धनबीच कसको सरकार बन्छ अहिले यकिन छैन । जुनसकै गठबन्धनको सरकार बनेपनि सजिलो अवस्था भने छैन । दुबै गठबन्धन यतिबेला चुनावी मैदानमा होमिएका छन् ।

सत्तागठबन्धनबीचमा पनि मंसिर ४ पछि भाँडभैलो हुने देखिन्छ । किनकी अहिले दुबै गठबन्धनमध्ये जुन दलले सरकार बनाए पनि खिचातानीको अवस्था देखिन्छ । एक पार्टीले अर्काे पाटीको विरोध नगदर्लान् भन्न सकिँदैन । र सरकार बनाउन पनि किचलो हुने देखिन्छ । सरकार बने पनि अहिलेको संविधान संसोधन नगरी कुनै उपाय देखिँदैन । अहिलेको संविधान संसोधन गरी सबैलाई मान्यता हुने गरी जानुपर्ने देखिन्छ ।

कतिपय राजनीतिक दलहरुलाई वाइपास गरेर यो संविधान जारी गरेको कतिपयलाई मन परेको छैन । अहिले चुनावको बेला सरकारले आन्तरिक ३० अरब ऋण लिएर निर्वाचन गर्न लागिपरेको छ । निर्वाचन पछि बन्ने सरकारले पनि आर्थिक समस्या भोग्नुपर्ने देखिन्छ । अहिले बजारमा आर्थिक समास्या देखा परेको अवस्था छ ।

यसैगरी संघ र प्रदेश निर्वाचनमा विकासको लागि छुट्याइएको रकम निर्वाचनमा खर्च गर्दै छन् । राजनीतिक पार्टीका नेतैपिछे सरकार बनाउने होडबाजी चलिरहँदा भावी प्रधानमन्त्री दुबै गठबन्धनबाट को बन्ने भन्ने बारे अहिलेसम्म कुनै जानकारी छैन । सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसमा प्रधानमन्त्रीका दाबेदार धेरै रहेका छन् भने उता प्रतिपक्षदल दल एमाले गठबन्धनबीच केपी ओलीले प्रधानमन्त्री पदको दाबेदार गरिरहेका छन् । तर, दुबै गठबन्धनबीच मन्त्री बन्ने होडबाजी चलिरहँदा मंसिर ४ पछिको निर्वाचन कसको पक्षमा जाने हो भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *