भोट तान्न राजनीतिक दलको गफ

समाचार

काठमाडौं । सत्तामा गएपछि देश र जनताको बारेमा केही नगर्ने, तर सत्ताबाट बाहिरिएपछि यो गर्छु, त्यो गर्छु भन्दै चुनावको समयमा मात्र राजनीतिक उम्मेद्वारहरु जनतासामु जाने गरेका छन् । चुनावी माहोल सुरु भएसँगै सबै उम्मेद्वार प्रचारमा होमिएका छन् । प्रचारको दृष्टिकोणले सबैभन्दा बढी प्रचारमा एमाले अगाडि देखिन्छ । सत्ता गठबन्धन केही हदसम्म पछि परिराखेको छ । तर सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धन एमाले बिचमा कडा प्रतिस्पर्धा देखिएपनि मंसिर ४ पछि कसले बाजी मार्ने हो त्यो भने आंकलन गर्न सकिएको छैन । अहिले चुनावमा कसले बाजी मार्ला भनेर सर्वसाधारण जनताले चासो राखेका छन् । अहिले चुनावकै विषयमा गाउँ गल्लीमा चर्चा हुने गरेको छ । सत्तान गठबन्धन र प्रतिपक्ष एमाले गठबन्धनले लिपुलेख चुनावी एजेण्डा बनाएका छन् ।
तत्कालीन महाकाली सन्धी हुँदा एमालेलाई दोष लगाइएको थियो र २०५४ सालमा एमाले फुटेर माले र एमाले बन्न पुगेको थियो । अहिले सत्ता गठबन्धन दलहरुले प्रतिपक्षलाई गाली गर्दै यस्तै विषयहरुलाई चुनावी नारा बनाएका छन् । साथै, चुनावी माहोल आफ्नो पक्षमा पार्नको लागि दुबै गठबन्धन लागिपरेका छन् । यसैबिच महाकाली सन्धी भएपछि पानी आधा आधा हो भनेर कञ्चनपुरदेखि साइकल यात्रा गरेर काठमाडौं आउने दुर्गादत्त भट्ट बेपत्ता भएका थिए । महाकाली सन्धी भएपश्चात एमाले फुट्न पुगेको थियो । भारतले २५ वर्षसम्म पनि महाकाली सन्धीको पुनरावलोकन गरेन । केपी ओलीले आफ्नो पहलमा नेकपा सरकारको पालामा चुच्चे नक्सा जारी भएको दाबी गरिरहेका छन् । एमालेले आफ्नो जमिन फिर्ता ल्याउने चुनावी मुद्दा बनाएको छ । सत्ता गठबन्धनका प्रधानमन्त्री देउवाले पनि लिपुलेक र लिम्पियाधुरा कुटनैतिक तहबाट फिर्ता ल्याउने भनेका छन् । तर प्रधानमन्त्री भएको यो अवधिमा भारतसँग सीमा सम्बन्धी कुरासम्म उठाएन ।
चुनावका अनेक कुरा राजनीतिक दलको प्रवृत्ति बनेको छ अहिले । जनता बाठा भइसकेका छन् । राजतन्त्र गयो, गणतन्त्र आयो । तर जनताले सहज सेवासुविधा पाउन सकेका छैनन् । भष्टाचार झन् बढेर गएको छ । बिचौलियाहरु जताततै हावी भएका छन् । जनताको नाममा संघ, प्रदेश सांसदहरुले झुक्याउने गरेका छन् भने दलभित्रका टोटेराजा नगरपालिका प्रमुख, गाउँपालिका प्रमुख बनेर स्थानीय तहमा ठगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *