मानुषीलाई घात हुने डर

समाचार

काठमाडौं । पिताको राजनीतिक करिअर जोगाइदिनको निम्ति भएपनि काठमाडौं क्षेत्र नं. ७ बाट बाबुराम भट्टराई पुत्री मानुषी भट्टराई प्रतिनिधिसभाको उम्मेद्वार बनेकी छन् । तर माओवादीको कमजोर संगठन भएको यस क्षेत्रमा मानुषी अल्पमतमा पर्ने देखिन्छ । कांग्रेसको बलिया गढ मानिएको यस क्षेत्रमा कांग्रेसको १४ हजार १६७, एमालेको १२ हजार २०२, नेकपा एसको ३ हजार ८३९, राप्रपाको २ हजार २७, माओवादी केन्द्रको ५२७, जसपाको १५२ मत रहेको आंकलन गरिएको छ । तर, युवा आकर्षणलाई मानेर भोट खस्ने अड्कल पनि गरिएको छ ।
संगठन नभएको ठाउँमा ठूलो पदको अपेक्षा गर्नु आफैंमा घात हो । जहाँ गयो, त्यहीं गलगाँड बन्ने डा.बाबुराम भट्टराईको इज्जत बचाउने पात्रको रुपमा सप्तरी २ बाट महेन्द्र यादव र काठमाडौं ७ बाट मानुषी भट्टराई मात्र देखिन्छन् । त्यसमा एमालेका श्याम घिमिरेको विद्रोही रामवीर मानन्धर र स्वतन्त्र उम्मेद्वारकै चर्चा बढी देखिन्छ । माओवादी सहरी क्षेत्रमा कमजोर रहेको देखिन्छ । त्यसैकारण मानुषीको हल्ला बढी, मत कम हुने अड्कल गरिएको छ । अबको राजनीतिमा डा.बाबुराम भनेर जनता बस्दैनन् । उनी अस्थिर राजनीतिज्ञ हुन् । भट्टराई माआवादी छाडेर मधेसवादी भए, त्यहाँ नटिकेर समाजवादी बनाए जसको कुनै संगठन छैन । त्यस्तै एमालेबाट उछिट्टिएर बाबुरामकै लाइन पछ्याएका राजेन्द्र श्रेष्ठको पनि हालत बाबुराम भट्टराईकै जस्तो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *