तस्करको सेवक बन्दै राजनीतिक दल

समाचार

काठमाडौं । राजनीतिप्रति वितृष्णा भएको छ । सबै दलहरु समाजमा बद्नाम, राजस्वमारा, भ्रष्टाचारीको पक्षमा छन् । पैसा लिएर टिकट बेच्ने नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी केन्द्र हुन् भन्ने भनाई छ । यी पार्टीहरुले चलाएको संसदीय विकृति अहिले पनि छ । दुबै पार्टी लगानी नगरी आम्दानी गर्ने ठूला पार्टीमा गनिन्छन् । यस्तै पैसा खर्च गरेर संविधान सभामा प्रवेश गरेका विनोद चौधरीले एमालेलाई धोका दिएपछि कांग्रेस प्रवेश गरेका थिए । नेकपाको सत्ताकालमा चौधरीलाई केपी ओलीले चल्न दिएनन् । यसपटक नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीबाट उनी उम्मेद्वार बनेका छन् । फाइल माफिया हृदयेश त्रिपाठी, राजस्वमारा विनोद चौधरी कांग्रसको उम्मेद्वार बनेर प्रतिस्पर्धा गर्दैछन् ।
यी दुबैलाई भारतीय दूतावासको शरणार्थी भन्ने गरिएको छ । दुबैले लैनचौरको आश गरेका छन् भन्ने चर्चा छ । शिक्षामा लगानी गरेका उमेश श्रेष्ठले चितवनबाट उम्मेद्वारी दिएका छन् । उनी राज्यमन्त्री पनि भएका छन् । आफ्नै दूनो सोझ्याएर राज्य स्रोतको दोहन गर्नेमा श्रेष्ठ पनि विनोद भन्दा कम छैनन् । एमालेका एलपी सावा नेपाली युवाको श्रम बेच्ने हुन् । उनी एमालेको बफादारी पुरा गर्ने गर्दछ । पैसाको अगाडि राज्य दोहनको स्मरण हुँदैन भन्ने कुरा राप्रपाका विक्रम पाण्डे प्रमाण हुन् । देवी प्रकाश महर्जन, सुमन पाण्डे, वीरेन्द्र महतो, सुनिल शर्मा, अनिल रुंगटा, जगतबहादुर तामाङ, दीपक खड्का, कान्छाराम तामाङ, राजेन्द्र बजगाईं, मोहन आचार्यहरुको पृष्ठभूमि राज्य ठग्ने जनता झुक्याउने नै हो । पैसाले राजनीति किनेका मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *