आजदेखि नेपाल-भारत रेल सेवा ४ दिन बन्द

समाचार

काठमाडौं । आजदेखि जनकपुरधाम–जयनगर (भारत) रेल सेवा चार दिन बन्द हुने भएको छ ।

४ गते मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका कारण आज मंसिर १ देखि ४ गतेसम्म रेल सेवा बन्द गर्ने निर्णय गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध संचालक निरञ्जन कुमार झाले जानकारी दिए ।

मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुने उनले जानकारी दिए । चुनावमा ७२ घण्टा नेपाल–भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *