एनआईसी बैंकमा ज्वाई सिइओ, ससुरा मालपोतका कर्मचारी

समाचार

काठमाडौं । उनै ससुराले सार्वजनिक जग्गा नै दाइजो स्वरुप ज्वाईको नाममा पारिदिएपछि सेलिव्रेटी ज्वाई सिइओ विवादमा मुछिने नै भए ।
हालैमात्र ससुराका कारण यस्तै फन्दामा परेका छन् नेपाली बैंकिङ क्षेत्रकै कान्छा सिइओ रोशन कुमार न्यौपाने । जो हालैमात्र फेरि अर्काे कार्यकालका लागि एनआइसी एसिया बैंकको सिइओमा पुर्ननियुक्ति पाएका छन् । बार्षिक चार करोड आम्दानी,त्यो पनि नेपालमै बसेर । सानदारको जीवन बाचिरहेका उनै सिइओले सार्वजनिक जग्गा नै मिचेर किन बंगला ठड्याउनु परेको होला ? अहिले यो प्रश्न पेचिलो बनेर उभिएको छ । यिनै सेलिव्रेटी सिइओले अहिले बुढानिलकण्ठमा राजामहाराजभन्दा कुनै हिसाबले कम नदेखिने एउटा बंगला ठडिदैंछ । सो बंगला हो उनै रोशन कुमार न्यौपानेको ।
आफ्नै ससुरासँग मिलेर सेलिव्रेटी सिइओले समेत सार्वजनिक जग्गा मिचेर बंगला ठडाए पछि अहिले विवादमा तानिएकाछन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ भंगालपञ्जिटोलस्थित शिव मन्दिर रोशनको बंगला बनिरहेको छ । भवनको पूर्व तर्फ धोविखोला बगिरहेको छ । धोवीखोलामाथिको भिरालो जमिन उठाएर वाल लगाएका उनले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरेको रहष्य हालै खुलेको छ । उनले झण्डै ५ आना जग्गा मिचेर बंगला ठडाएको फेला परेको हो । बंगलाको उत्तर तर्फ पनि करिब ४÷५ आना जग्गा अतिक्रमण गरेर वाल लगाएका र दक्षिण तर्फको एक रोपनी जग्गामा उनले विभिन्न भौतिक संरचना निर्माण गरिरहेको बिषयको पर्दाफास बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ को कार्यलयले सूचना नै निकालेर गरेको थियो । उक्त कार्यलयले गत असोज २ गते सुचना नै निकालेर अनाधिकृत संरचना हटाउनेबारे ३५ दिने सुचना निकालेको थियो । वडाध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी सुचनामा पर्ति जग्गा अतिक्रमण भएको र उक्त जग्गा अतिक्रमण नहटाए वडाले नै हटाउने भनिएको थियो । उक्त सुचना जारी भएपछि वर्षौंदेखि रजाइँ गरिरहेका न्यौपानेले हाल केही भाग छाडेर नयाँ वाल लगाइरहेका भेटिन्छ । उनका अनुसार न्यौपानेका ससुरा मालपोतकै कर्मचारी थिए । मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई पर्ति जग्गा हत्याउन सहज भएको स्थानीयहरुको भनाई छ । यिनै सेलिव्रेटी सिइओ र मारवाडी व्यापारीहरु तुल्सीराम अग्रवालहरुको सक्रियतामा धेरै धनाढ्यलाई सडकमा ल्याएका छन् । एनआइसी पीडितहरुका अनुसार एनआइसी एशिया बैंकको मूल्य मान्यता भन्दा पनि तराइमा सक्रिय मिटर ब्याजी जस्तो छ । यो बैंककै कारण सडकमा पुगेका, बेपत्ता भएका, कालो सूचीमा परेका कैयन छन् । धेरै व्यवसायीको उठिबास लगाएर अर्ब अर्ब नाफा कमाउने बैंकहरुको सूचीमा एनआइसी अग्रपंक्तिमा छ । उता बार्षिक ४ करोड हाराहारीमा तलब बुझ्ने सिइओले जीवन वाहिरवाट जति रङ्गिन छ, भित्र हेर्दा त्यति नै कहाली लाग्दो रहेको निकटहरु सुनाउँछन् । आफू र आफ्नो संस्थालाई एउटा उचाईमा पु¥याएका रोशनको पारिवारिक जीवनमा भने मारवाडी साहुका कारण ग्रहण लागेको छ । उनले पत्नी सृजना र परिवारको लागि समय दिन नसक्दा उनको व्यक्तिगत जीवनमा भने ग्रहण लागेको टिप्पणी बैंककै कर्मचारीहरुले गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *