संघ र प्रदेश निर्वाचनमा मतदाता तितरबितर

समाचार

काठमाडौं । गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचनमा अधिकांश राजनीतिक दलहरु चुनावमा होमिएका थिए । तर, कतिपय राजनीतिक दलका कार्यकर्तादेखि नेताहरुले आफ्नो जिल्ला र भेगमा भोर्टस, कार्यकर्ता उतार्न पैसा खर्च गरेर गाडी रिजर्भ गरेका थिए । तर, अधिकांश राजनीतिक दलका भोटर्सहरु आफ्नो जिल्ला र गाउँमा नफर्कि काठमाडौंमै बसेको अवस्था थियो । किनकी राजनीतिक दलहरुको वितृष्णाको कारण मतदाताहरु गाउँ गएका थिएनन् । २०७४ सालको निर्वाचनमा अधिकांश राजनीतिक दलका कार्यकर्ता भोटर्सहरु गाउँ गएर आ–आफ्नो उम्मेदवारहरुलाई जिताउन मरिमेतेका थिए भने यसपालीको निर्वाचनमा त्यो अवस्था देखिएन । अहिले कतिपय राजनीतिक दलका मतदाताहरुलाई फकाएर आफ्नो निर्वाचन क्षेत्र लाने प्रयास गरेतापनि दलहरु सफल भएनन् ।
मंसिर ४ को संघ र प्रदेश निर्वाचनमा अधिकांश मतदाताहरुले राजनीतिक दलहरुलाई मन नपराएको देखिन्छ । त्यसैकारण संघ र प्रदेश निर्वाचनमा ६१ प्रतिशत मत खसेको आँकलन प्रवेक्षक र निर्वाचन आयोगले निकालेको छ । यस्तै अवस्था रहिरह्यो भने आगामी बर्षहरुको निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो छवि सुधार्नुपर्ने र देश र जनताको हितमा काम गर्नुपर्ने आवश्यकता देखिन्छ । किनकी अहिले अधिकांश राजनीतिक दलका कार्यकर्तादेखि भोटर्सहरु तीतरबितर भएर बसेको अवस्था छ । यसैको सिकोलिदैँ सबै राजनीतिक दलहरुले आ–आफ्नो क्षेत्र र भेगमा विकासको कामदेखि आयआर्जनको विकासको खाँका ल्याएर नेपाली जनतालाई रोजगारीको सिर्जना गर्नुपर्ने र आ–आफ्ना कार्यकर्ताको खोजी गर्नुपर्ने, मतदाताहरुको सुरक्षित गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *