दलका नेताहरुले इतिहास बिर्सदै, आफ्नो फोटो प्रचार गर्दै

समाचार

काठमाडौं । यसपाली संघ र प्रदेश निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो प्रचारलाई प्राथमिकता राखेर राजनीतिक नेताले आफ्नो फोटो छापेर प्रचार गरेका थिए । यसैगरी धेरै प्रचार गर्नेमा विपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी ओली थिए भने सत्ता पक्षका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल थिए भने उता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाहाल रहेका थिए । यसैगरी तराईबासी जसपाका अध्यक्ष उपेन्द्र यादव जस्ता तराईका नेताहरुले कलाकार हरिवंश आचार्य जस्ता कलाकारलाई प्रयोग गरेर चुनावी प्रचार गरेका थिए । तर, ती राजनीतिक दलहरुले आफ्नो पार्टीको सिद्धान्त भावना र मर्याेदालाई बिर्सेर सबै दलका नेताहरु आफ्नो फोटो छापेर प्रचार गरेका थिए ।
राजनीतिक पार्टीहरुले गर्ने प्रचारमा पार्टीको हित, र सिद्धान्त भावना मर्मलाई ख्याल नगरी आ–आफ्नै पार्टीको ब्यानरमा पार्टीका नेताहरको फोटो छापेर प्रचार गरेको अवस्था थियो । उता, नेकपा एमालेले भने पार्टी अध्यक्ष केपी ओलीको फोटो छाप्नुकोसट्टा तत्कालीन नेता स्व.मदन भण्डारी र स्व. पार्टी अध्यक्ष मनमोहन अधिकारीको फोटो छापिएको भए राम्रो हुने थियो । किनकी नेकपा एमाले भनेको स्व. मदन भण्डारी र मनमोहन अधिकारीले पार्टीालाई दिएको योगदान र नेपाली जनतालाई आफ्नो गाउँ आफै बनाउँ भन्ने नारालाई बिर्सेर एमालेले पार्टी अध्यक्ष केपीओलीको प्रचार गरेको थियो ।
यस्तै स्व. मनमोहन अधिकारीले वृद्धा, अपाङ्गता भएका एकल महिलाहरुलाई शुरुवात गरेको भत्ताको विषयमा प्रचार गरेको भए राम्रो हुने थियो । तर, त्यो गरिएन । त्यस्तै नेपाली कांग्रेसले स्व. वीपी कोइराला, गणेशमान सिंह, जस्ता नेताहरुलाई बिर्सिएको अवस्था थियो भने उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना आफ्नो सहयोगीलाई बिर्सेर आफ्नो मात्र फोटो पार्टीको नाममा प्रचार गरेका थिए । यसैगरी नेकपा एमाले भएर १५ बर्ष महासचिव चलाएका माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरी अध्यक्ष बने । र, आफू सो पार्टीको अध्यक्ष बनेको पार्टीको लोगो राखी आफ्नो प्रचार गरेका थिए । के राजनीतिक दलका नेताहरुले आफ्नो पार्टीलाई योगदान दिने पार्टी तीनका नेताहरुलाई बिर्सेका हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *