माओवादी र एसलाई कांग्रेसले ग¥यो घात

समाचार

काठमाडौं । गत मंसिर ४ को निर्वाचनलाई मध्यनजर गरी सत्ता गठबन्धन गरेर चुनावी माहोलमा होमिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाले गठबन्धन गरेर चुनावमा लागेका थिए । तर, अहिलेको मत परिणामले के देखाउँदै छ यसमा भने शंका उत्पन्न भएको छ । कांग्रेसलाई सत्तामा पु¥याउने खेल माओवादी केन्द्र र एकीकृत समाजवादी, जनमोर्चा, लोसपा, जस्ता पार्टीहरुले कांग्रेस पार्टीलाई इमान्दारका साथ मत दिएका थिए भने उता नेपाली कांग्रेसका कार्यकर्ता र मतदाताहरुले माओवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोसपा जस्ता पार्टीका उम्मेदवारहरुलाई कांग्रेसले घात गरेको स्पष्ट देखिन्छ ।
माओवादीका कार्यकर्तादेखि भोर्टसहरुले खोजीखोजी रुख चिन्हमा मतदान गरेका थिए भने कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रलाई प्रायजसो भोट नदिएर स्वतन्त्र व्यक्तिलाई भोट दिएको देखिन्छ । यसैगरी उता, एकीकृत समाजवादी पार्टीलाई पनि कांग्रेसीहरुले मतदान नगरेको अवस्था थियो । कसरी हुन्छ माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जाल रचेर कांगे्रेस पार्टीका नेता कार्यकर्ताले आफ्नो पक्षमा मतदान गर्न लगाएका थिए भने कांग्रेस पार्टीका भोर्टस र कार्यकर्ताले माओवादी र एसलाई मतदान गरेको पाइदैन । अधिकांश संघ र प्रदेशमा कांग्रेस पार्टीका मतदाताहरुले खुलेरै भन्ने गरेका थिए । माओवादीलाई भोट हाल्नुभन्दा स्वतन्त्रलाई भोट हाल्नु राम्रो भन्दै अधिकांश कार्यकर्ताले स्वतन्त्र पार्टीलाई समानुपातिकमा मतदान गरेको देखिन्छ । किनकी अहिले निर्वाचनको मत परिणामले देखाउँदै छ । सबैभन्दा मार एकीकृत समाजवादीलार्ई भएको सर्वसाधारणले गाईंगुई गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *