माधवको कारण मैनाली आउट

समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले एमाले अध्यक्ष केपी ओलीको उदय हुनासाथ विधि, प्रक्रिया, पद्दति र सिद्धान्तमा ह्रास आएको बताउँछन् । तर १५ वर्ष पार्टी महासचिव बन्दा झापा आन्दोलनका राधाकृष्ण मैनाली, चन्द्र्रप्रकाश मैनाली, मोहन चन्द्र अधिकारीहरुलाई पाखा लगाउने काममा माधव नेपालले नै केपी ओलीलाई प्रयोग गरेको कुरा राधाकृष्ण मैनालीले बताएका छन् ।
कुनै पनि विषयमा नेताको आफ्नो स्पष्ट दृष्टिकोण नहुँदा नेताहरु समूहको साथ खोज्छन् । कम्युनिष्ट पार्टीमा त्यो पक्ष राम्रो हो, तर माधवको त्यही पक्षलाई ओलीले कमजोरी ठाने । आफू पार्टीको मुल नेता बन्न बाधक बन्ने सम्भावना भएका अधिकारी र मैनालीद्वयलाई मात्र होइन ओलीले देवी ओझासम्मलाई केन्द्रीय राजनीतिबाट टाढा राखेका थिए । झापाका चर्चित नेता युक्त भेटवालको कुरै भएन ।
केपी ओलीले मैनाली बन्धुहरुलाई दरबारिया बनाए । माले एमाले विभाजन २०५४ र एकता २०५६ को अवधमिा ओली एमालेमा निर्णायक भएका थिए । नेतृत्वमा हुनुपर्ने शुद्धता, भद्रता सर्वस्वीकार्य स्वभाव एमाले अध्यक्षमा नभएकोले एमालेमा अझै विचारको विग्रह आउने दाबी राधाकृष्ण मैनालीको छ । मैनालीका अनुसार दश भाइले जसरी माधवलाई धोका दिए । त्यसरी नै ओलीबाट बद्नामी र दण्डको शिकार हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *