चुनावी परिणामले ठुलालाई धक्का राजनीतिक दलहरुप्रतिको वितृष्णाले स्वतन्त्र उदाए

समाचार

काठमाडौं । लोकतन्त्रको मूल्य मान्यता माथि खेलवाड गर्न सफल संसदवादी शक्तिका विरुद्ध नेपाली राजनीति उथलपुथल पार्नेगरी संचारकर्मी रवि लामिछानेको स्वतन्त्र पार्टीको प्रभाव देशभर देखिँदा कम्युनिष्ट पार्टीका केपी शर्मा ओलीको कम्युनिष्ट शैलीलाई राम्रै झट्का दिने हो कि शंका छ । एमाले अध्यक्ष केपी शर्माले कम्युनिष्ट पार्टीको बहुमत सत्ताले ल्याएको चमत्कारलाई चिर्न सकेन । सत्ता गठबन्धनले स्थानीय चुनाव पाएको सफलता संसदीय चुनावमा पाउँछ कि पाउँदैन शंका छ । मंसिर ४ गतेको लहरभित्र कांग्रेसको युवा जमात एमाले बिचको पंक्ति तर्सिएको देख्दा गणतन्त्र संघीयता र समावेशीताको विरुद्ध जनमत गएको हो कि भन्ने शंका राजधानीमै बढी छ ।
गुप्तचरको रिपोर्टअनुसार घण्टीले ठूला दललाई चुनौती दिनेछ । चितवनमा रवि लामिछाने र ललितपुर ३ मा डा.तोसिमा कार्कीको पक्षमा निर्वाचन आयोग नै सहयोगी बन्न पुग्यो । आयोगले चर्काउन नहुने विषय चर्कायो । एमाले अध्यक्षलाई हेलिकोप्टर चार्टर गर्न निर्वाचन आयोगले कसरी छुट दियो । तरस सरकार पक्षमाथि निवाृचन आयोगको निकै निगरानी थियो । जनताले गणतन्त्रात्मक व्यवस्थाका राजाहरुको विरुद्ध आक्रोश प्रकट गर्ने ठाउँ भयो । ४१ महिने सरकारबाट कम्युनिष्ट पार्टीको घमण्ड उदांगो भयो । जहाँ भ्रष्टाचार कमिशन र बिचौलियाको रजगज भयो । रंगेहात प्रहरीले पक्राउ गरेका उम्मेद्वारहरुको सान सौकत त्यस्तै भयो । निर्वाचन आयोगले पनि बेवास्ता ग¥र्यो । भ्रष्टाचारकै हाउगुजीले ठाउँ पायो ।
यसपटक कांग्रेस ९१, एमाले १४१, माओवादी ४६, एसले १५, जसपा १७, लोसपा ९ ठाउँमा उठेका थिए । राप्रपाले हिन्दुत्व र धर्मलाई एजेण्डा बनाउँदा एमाले अधयक्ष केपी ओली चुटकीका भरमा बहुमत माग्दै थिए । संसदीय कालका अस्थिर राजनीति अन्त गर्न गणतन्त्र भित्रको वाम गठबन्धन बनेर पाएको जनमत भने जोगाउन ओलीको सरकारले सकेन । त्यसको विद्रोही रुप मंसिर ४ मा घण्टी प्रतिको जनलहरले नै देखायो । यसपटक नेपालको निर्वाचनलाई धेरैले पर्यवेक्षण गरे । तर प्राकृतिक सौन्दर्यता अपार उर्जा शक्ति भएको मुलुक नेतृत्वको कारण भ्रष्टाचारीको रमाइलो हुँदा युवशक्ति एकाएक भड्किएको अवस्था छ । यसपटक चुनावमा दलहरुलाई बाइपास गरी स्वतन्त्र पार्टीका रविको माहोल बढेको देखियो । कतै स्वतन्त्र पार्टीले नेकपाले स्थान लिदयो भने संघीयता खारेज त हुँदैन ? किनकि संघीयता विरोधी नेकपा माले, मसाल, नेमकिपा नामका कम्युनिष्ट छन् । एमालेका केपी ओली स्वयं संघीयताको विरुद्ध लागेका हुन् । केपी ओली सरकारमा हुँदा प्रदेश १ को नामाकरण नहुनु पनि ओली सरकाले जनताको सेवाभन्दा स्वार्थको खेतीमा लागेको कुरा ४१ महिने सरकराको खाई खेती नै हो । यसपटक ठुला दललाई नांगो बनाउने गरी खडा भएका स्वतन्त्रले पाएको मतलाई असफलताको संकेतका रुपमा नेताले लिन सक्नुपर्दछ । न कि हामी नै सबै थोक हामी नै राजा भन्ने चेतना घट्नुपर्दछ । देशका युवा विदेश जानु परेको छ । एमालेको अगुवाईमा वृद्ध भत्ताको नाफा नोक्सान जोखिएको छ । सरकार गठबन्धनकै बन्छ । त्यो गठबन्धन माओवादी छोडेर कांग्रेसको नेतृत्वमा मधेसवादीका दुबै शक्ति बिच हुने कि त्यहाँ राप्रपा जोडिने शंका छ । कांग्रेससँग माओवादी नेकपा एस र लोसपा रहेका छन् भने एमालेसँग राप्रपाका दुई गुट उपेन्द्र यादव छन् । हृदयेश त्रिपाठीले चुनाव जित्दैनन् । परिवार दलका एकनाथ ढकालले समानुपातिक पाउँछन् कि पाउँदैनन् स्थिति यसै भन्न सकिँदैन । नेपालमा राजनीतिक दल दुर्गन्ध फैलाउने काग्रेस र एमालेकै कारसण २०५२ सालमा सशस्त्र संघर्ष भएको हो । यिनै दललाई राजा ज्ञानेन्द्रले बाइपास गरेका हु्न । जनमत जोगाउन नसक्ने माओवादीलाई समेत झट्का दिने एमाले आफैं उत्तानो पर्ने भएको देखिन्छ । पछि नतिजा आवोस गठबन्धनकै सरकार बन्छ भन्दैछन् । कांग्रेसलाई विश्वास घात गर्नका लागि सत्ता गठबन्धनका उम्मेद्वारलाई कांग्रेसले भोट दिएन भन्ने निहुँ नै काफी छ ।
कांग्रेसले माओवादीको भोट लियो । तर कांंग्रेसले माओवादीलाई भोट दिएको छैन भन्ने कुराको पहिचान डा.शेखर कोइरालाको मोरङमा बढेको घमण्ड थियो । देउवा पक्षका प्रकाशशरण महत आफु सुरक्षित हुन समानुपातिकमा बसेर काठमाडौं ५ मा फर्किने गरी आन्तरिक घातमा सहमति भएको अवस्था पनि छ । ठूला दलभित्र बढेको विकृतिका कारण रवि लामिछानेहरुले स्थान पाएका छन् । संसदीय सर्वाेच्चतामाथि खेलवाड गर्दै बालेन साह जस्ता बोक्नेलाई पनि जनताले चिन्ने बेला आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *