माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

अर्थ/वाणिज्य समाचार

काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।

सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *