नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि ११ प्रतिशत लाभांश बाँड्दै छ।

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस र बाँकी ७ प्रतिशत नगद दिने जनाएको छ। प्रस्तावित लाभांश कायम चुक्ता पुँजीमा हो।

अहिले बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ। ७ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ। बैंकले मेगा बैंकलाई ९० रुपैयाँ प्रतिकित्तामा किन्दैछ।

लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

लाभांशको पारित गर्न बैंकले साधारणसभा समेत डाकिसकेको छ। सभा पुस ७ गते हुँदैछ। सभा र लाभांश प्रयोजनका लागि बैंकले मंसिर २१ गतेदेखि सभाको मितिसम्म बुक क्लोज गर्ने तय गरेको छ।

जसअनुसार मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *