अबको सरकार र च्याँखे

समाचार

यहाँउल्लेख गरेको विम्व गैरकानूनीहोला तर पूर्खा देखि चर्चित भनाई मनन् योग्यहुने गर्दछन् ।अहिले गैरकानूनीवा अपराधमान्ने गरेको तर हाम्राअघिल्ला पुस्ताले खुल्लमखुल्ला खेल्ने गरेको एक खेल हो ‘जुवा’ । जहाँ ‘खाले र च्याँखे’शव्दावलीप्रयोग हुन्छ । खेलाडीलाई ‘खाले’ भनिन्छभने वाहिरवाट पैसा राख्नेलाई वामौका वादाउ हेरेर पैसा राख्नेलाई ‘च्याँखे’ भन्ने गरिन्छ । खाले भनेको नियमितहुन् भने च्याँखेको कुनै टुङ्गो हुँदैन । अहिले निर्वाचनपछिपनि नेपालीनागरिकले दलहरुलाई खाले र च्याँखेको भूमिकामा राखिदिएकाछन् । यसकावारेमा केहीचर्चा गर्ने कोशिस गरिएको छ ।
आमनिर्वाचन सम्पन्नभएको छ । कतिपय स्थानमापुनःमतदान गर्नु पर्ने अवस्थाआयो । सवै मतपरिणाम सार्वजनिकभएको छैन । प्रत्यक्षतर्फको सवै नतिजाआएपछि सामानुपातिकको हिसावनिकाल्नवाँकी छ । अहिलेसम्मको हिसावकितावकाआधारमाढुक्कसँगभन्न सकिन्छकीकुनै दलले वहुमतल्याउन सक्दैन । अहिलेको निर्वाचनप्रणाली रहँदासम्मकुनै एक पार्टीको वहुमतआउन सक्ने कुरा असंभव नैं देखिन्छ ।
अघिल्लो अर्थात २०७४ सालको आमनिर्वाचनमापनिकुनै एक दलको वहुमतथिएन । नेकपाएमाले र नेकपामाओवादी केन्द्रले वामगठवन्धनभएका कारण सजिलै सरकार बन्न सकेको थियो तर पूरै अवधीटिक्न सकेन । अहिले त त्यो अवस्थापनि देखिन्न । सत्ताधारी गठवन्धनको पनिवहुमतआउन सक्ने अवस्था देखिन्न ।
नेपालकानिर्वाचनहरु केलाउने हो भने ३ वटानिर्वाचनमामात्रकुनै एक दलले सरकार वनाउनपुग्ने गरी वहुमतनतिजापार्न सफलभएको छ । त्यो भाग्यमानी दल नेपालीकांग्रेस नैं हो । वि.सं. २०१५, २०४८ र २०५६ सालमाभएको निर्वाचनमा नेपालीकांग्रेसले एकलौटीवहुमतप्राप्त गरेको थियो । । तर उस्ले ५ वर्ष सरकार कहिल्यैं चलाउन सकेन ।
अहिलेको निर्वाचनको नतिजा हेर्दा उत्साहजनकअवस्था देखिन्न । २०५१ सालपछिको अवस्थाआउने संभवना देखिन्छ । २०५१ सालमा नेकपाएमालेको अल्पमतको सरकार वन्यो । लोकप्रियकामग¥यो तर ९ महिनाभन्दावढि सरकारमा वस्न पाएन । त्यसपछि सुरु भयो अस्थीरताको श्रृखला । सांसद किनवेच, पजेरो निर्णय जस्ता दूरगामी असर पार्ने गतिविधिहरु भए ।यही समयमा २ दर्जन पनि सांसद नभएको राप्रपाका नेताहरुले पालैपालो प्रधानमन्त्रीहुने मौका पाए । कहिले नेकपाएमालेले त कहिले नेपालीकांगे्रसले २० सांसद भएको पार्टीलाई मुलुकको कार्यकारी पद ‘प्रधानमन्त्री’ सुम्पी रहे । अस्थीरताको पराकाष्ठाभयो । ५० कोदशकमामुलुकका २ ठुला दल फुटे ।यी सवै अस्थीरतका उपजहुन् ।खालेले च्याँखेलाई ठाउँदिए । अनी यो अवस्थाआएको हो ।
अहिलेको संसदको वनोट हेर्दा २०५२ तिरको अवस्थानहोलाभन्न सकिन्न । यो अस्थीरताबाट जोगाउने जिम्माठुलादलकै हो । अहिलेको निर्वाचनमाठुला दल नेपालीकांग्रेस र नेकपाएमाले नैं हुन् । दुवै दलले मुलुकको हितचाहने हुन् भने गंभिरतापूर्वक सोच्न जरुरी छ । यो बेलामा सोच्न सकेन भने मुलुकको राजनीतिकवागडोर यीदुइ्र्र दलवाटअन्यत्रमोडिन सक्ने लक्षण देखिइसकेको छ । यो हुँदामुलुकझन् धरासयी भैसकेको हुन्छ । त्यसैले ठुलादलकाठुला नेताले वेलैमाठुलै हृदयपारेर सोच्न र निर्णय लिनआवश्यक छ ।
नेपालीकांग्रेसले सधै भन्ने गर्दछ सशक्तप्रतिपक्षचाहिन्छभनेर । मुलुकठुलो कि प्रतिपक्ष?लोकतन्त्रभनेको सवैको सहमतीपनिहो । मुलुककाठुला २ दल मिलेर सहमतीगर्दा राम्रो हुन्छ। कम्तीमाआधादशकविकास गरौं, राज्यलाई स्थीरतादिउँ । अनीअर्कोपटकनिर्वाचनगर्दा यीनैं दुई दल मध्ये एकले वहुमतल्याउन सक्दछन् । तर शर्त आवश्यक छ । त्यो भनेको दुवै दल मिलेर मुलक र मुलुकवासीको समृद्धिको लागिकाम गर्नु हो ।
विकास र स्थीरतादिनु भनेको लोकतन्त्रहो । लोकतन्त्रको शव्द रटेर मात्रहुँदैन । ‘समृद्धी’प्रधानविषयहो । यसमामुलुककाप्रमुख २ दलले ध्यानदिनआवश्यक छ । यदी २ दल सहमतहुने हो भने विभिन्नविकल्पहरु आउन सक्दछन् ।तीमध्ये २ वटाविकल्पयहाँ राख्ने प्रयास गरेको छु ।
पहिलो विकल्पःप्रमुख २ दलहरुले संयूक्त सरकार वनाउने । यसमा सरकारको नेतृत्वपालैपालो पनिगर्दा हुन्छ ।
दोस्रो विकल्पः एक दलले सरकार वनाउने अर्को दलले विश्वासको मत दिने तर सिर्जनात्मकप्रतिपक्षमा रहने
यीदुई विकल्पहरु मध्ये अरु धेरै पनिछन् । त्यतातिर नजावस्भन्ने सोच हो । किनकी यो आवधीकनिर्वाचनमामुलुककानागरिकहरुले धेरै विश्वास गरेका नेपालीकांग्रेस र नेकपाएमालेलाई नैं हुन् । अरुलाई थोरै नागरिक मतदाताले विश्वास गरेका छन् । ठुलादलहरुले साना दल वा स्वतन्त्रलाई राजेका मतदाताहरुको पनिभावानवुझ्नु जिम्मेवारी हो ।
२ दलको सहकार्य मुलुक र मुलुकवासीले खोजेका छन् । यो खोज्नु भनेको दलको मायाकालागिहोइन । मुलुक र मुलुकवासीको समृद्धिको लागिहो । यो चाहानालामो समय देखि सजाएर राखिएको छ । त्यसैले २ दल मिल्नु वा सहकार्य गर्नु भनेको समृद्धिको लागिहो । ‘भागशान्ती जय नेपाल’ को लागिहोइन । भागशान्तीवामिलेर दोहन गर्ने काम धेरै वर्षसम्म धेरैले गरिसके भन्ने आरोप छ । तर मुलुकका २ दल मिलेर देशवनाउने कामहुन सकेको छैन । यस पटक यो संभावना छ ।
विगतमाभएकातिताअनुभवहरु छाडिदिउँ ।अवको एक दशकमुलुकको लागि सवै लागौं । यीठुलाभनिएका २ दललाई यो अन्तिममौका हो । नत्रविकल्पको वाछिटादेखिइसकेका छन् । यीवाछिटाहरु राम्रो काम गरेर विकल्पकादेखिएकाहोइनन् । ठुलादलले नागरिकको चाहानाअनुसारको कामनगरेर मात्रहो । अझै पनियीनै ठुलादलले नैं गर्न सक्छन् भन्ने जनमत देखिन्छ ।
त्यसैले आपसीलुछाचुडीनलागीमुलुक र मुलुकवासीको समृद्धिको लागि एक पटक सहकार्य, समन्वयभएको धेरै नेपालीले देख्न चाहेका छन् । त्यसो गरेमाच्याँखे राख्ने खुत्रुकेहरुको गुन्जाइस रहँदैन । दुई दलनमिल्दावाझगडागर्दा च्याँखेहरु मौलाउने हुन् । च्याँखेवाट समृद्धिआउँदैन । खालमावस्न सक्नु पर्दछ । ‘खाल’भनेको नेपालीकांग्रेस र नेकपाएमाले नैं हुन् । यो मौकागुम्यो भने अहिलेकाच्याँखेहरुखालमा वस्न सक्दछन् । त्यो वेलाको अवस्थाआंकलन गरौं ।तीच्याँखेवाटमुलुकले गतिलिन सक्दैन । च्याँखेको यात्रालामो नहुन सक्छ तर खाले सुध्रिनआवश्यक छ ।अहिले नैं सुध्रिने कोशिस गरौं । नत्र भिरभीरमाहिड्ने गोरुलाई राम राम त भन्न सकिएलाकाँधहाल्न कोहीपनितयार नहोला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *