काठमाडौं । राजनीतिक दल समर्थक पत्रकारहरुका संघ, संगठनहरुले गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनमा जसरी पत्रकारहरुले भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो देखिएन । नेपाली कांग्रेस समर्थक नेपाल प्रेस युनियन, नेकपा एमाले समर्थक प्रेस चौतारी नेपाल, माओवादी केन्द्र समर्थक प्रेस संगठन नेपाल । त्यसैगरी मधेसी दल समर्थक, राप्रपा समर्थकलगायत अन्य दल निकट पत्रकारहरुले गत संघ र प्रदेश निर्वाचनमा पत्रकारिताको वास्तविक धर्म निर्वाह गर्न सकेनन् । यसरी राजनीतिक दल निकट पत्रकारहरुको संस्थाले कम्तीमा पार्टीप्रति खेल्नुपर्ने भूमिका खेल्न सकेनन् । यसैगरी नेपाली कांग्रेस समर्थक प्रेस युनियनले खेल्नुपर्ने भूमिकामाथि शंका उपशंका गरिएको बताइन्छ । किन कि प्रेस युनियनले समग्र रुपमा नेपाली कांग्रेस जिताउ अभियानमा लाग्नुपर्नेमा त्यो नगरी आफू निकट भएका नेताहरुको व्यक्तिगत बचाउ गरेका थिए भने कतिपय आफू निकटभन्दा बाहिरका नेताहरुलाई असहयोग गर्ने खेलसमेत खेलेको देखिन्छ । यसरी हेर्दा कांग्रेसी पत्रकारहरु संस्था नेपाल प्रेस युनियनले आफ्नो स्वार्थ र आफ्नो नेतालाई मात्र जिताउ अभियान केन्द्रित भएको बताइन्छ । पार्टी भन्ने कुरा यस्तै हो तर हाम्रा फलानो दाइले भने जित्नुपर्छ भन्दै लागिपरेको थुप्रै उदाहरणहरु बाहिर आएका छन् । किन कि राजनीतिक पत्रकारहरुले आफ्नो पार्टीलाई जिताउनुपर्ने भूमिका खेल्न छाडेर पैसा र पावरको भरमा व्यक्ति जिताउ अभियानमा लागेको प्रष्टै देखिन्छ । कतिपय प्रेस युनियनका नेताहरुले खुलेरै कांग्रेस पार्टीभित्र दुई धारबाट उम्मेदवार बनेका नेताहरुलाई जिताउनुपर्नेमा त्यो नगरी महाधिवेशनको धङधङ्गी ल्याएर राष्ट्रिय निर्वाचनमा पार्टी हराउ व्यक्ति जिताउ भनियान सञ्चालन गरेको बताइन्छ । यसैगरी उता प्रतिपक्षी दल नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल निर्वाचन ताका गुमनाम जस्तै भएर बसेको थियो । प्रेस चौतारी नेपालले एमाले समर्थक पत्रकारहरुलाई गोलबद्द गरेर चुनावी अभियानमा जुटाउन सकेको थिएन । चौतारीका नेता भने तैँ चुप, मै चुप भएर गुमनाम बनेको पत्रकारहरुको आरोप छ । चुनाबका बेला चौतारीका नेताहरु आफ्नो जिल्ला र भेगमा गएर सिंगो पार्टी जिताउ भियानलाई छाडेर व्यक्ति जिताउ अभियानमा जुटेको केही पत्रकारहरुको गुनासो रहेको छ । यसले के देखाउँछ भने संगठनभन्दा पनि व्यक्तिवादी हावी भएको र संगठनलाई बलियो भन्दा पनि अधोगतितिर धकेलिएको अवस्था छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपालको त झन् कुनै अत्तोपत्तो नै थिएन । अधिकांश प्रेस संगठनका नेताहरु कुन दुलोमा पसे त्यो पनि प्रेस संगठनका पत्रकारहरुले थाहा पाएनन् । हुन त राजनीतिक दल निकट पत्रकारहरुले आचारसंहिताको कारण देखाएर हो या पार्टीप्रति वितृष्णा आएर हो त्यो भने छुट्ट्याउन नसकिएको पत्रकारहरु बताउँछन् । अन्य पार्टी निकट पत्रकारहरुको त झन् संगठन पनि छन् कि छैनन् जस्तो देखिन्छ । जब नेपाल पत्रकार महासंघ केन्द्र, जिल्ला शाखाहरुको निर्वाचन आउँछ अनि ‘म फलानो पार्टी निकट पत्रकार हुँ, म वरिष्ठ पनि हो, यसपालि पत्रकार महासंघमा उम्मेदवारी दिँदै छु भन्दै बर्बराउन थाल्छन् । अनि चुनाव जितिहाले भने भोलिपल्टदेखि नै पत्रकारहरुको हकहित र पार्टीको धर्म भन्दा पनि व्यक्तिगत फाइदा लिन नेताका घरदैलो चहार्ने र टेलिफोन वार्तामा व्यस्त हुन थाल्छन् । जब पार्टीलाई सहयोग गर्नुपर्ने बेला आउँछ अनि पत्रकार नेता र बिचौलिया दुलोभित्र लुकेर बस्ने र पार्टी हार्दा चिया पसल, होटेल, चोक, गल्ली र चौतारामा बसेर बखान मात्रै गाउने गरेका छन् । राजनीतिक संगठनको नाममा विभिन्न पद ओगट्ने अनि पार्टी र पत्रकारहरुको हकभन्दा बाहिर गएर व्यक्तिगत फाइदा उठाउने गर्ने गरेका कारण अधिकांश पत्रकारहरु अहिले अलपत्र परेका छन् । सम्पादक, प्रकाशकहरुले राजनीतिक दलहरुलाई खासै चासो दिएको देखिँदैन । हुन त ती राजनीतिक दलहरुले सम्पादक प्रकाशकलाई आर्थिक सहयोग नगरेको कारण या अहिलेको वर्तमान परिप्रेक्ष्यमा सम्पादक÷प्रकाशकहरुलाई आर्थिक समस्याले गाँजेको कारणले त्यस्तो भएको हुन सक्छ । कतिपय प्रकाशक सम्पादकहरुले गत २०७६ चैतबाट कोरोनाको कारण अधिकांश क्षेत्रबाट कोरोनाको भयले गर्दा विज्ञापनदेखि अन्य सहयोग समेत पाएका छैनन् । कतिपय त अफिसै बन्द गरेर तितरवितर भएर आफ्नो सञ्चारमाध्यम नै बन्द गरेर बसेका छन् । र, केही सञ्चारमाध्यमहरु सञ्चालन भएपनि आर्थिक समस्याले नितान्त व्यवसायिक बनेका छन् । यसैगरी अधिकांश सञ्चारकर्मीहरुले विभिन्न संघसंस्थाबाट अकेजन अनुसार पाउँदै आएको विज्ञापन समेत तिनै विभिन्न राजनीतिक दल निकट संस्थाका नेताहरुले पजनी गर्ने गरेको बताइन्छ ।
अधिकांश पकाशक सम्पादकहरुले अकेजन अनुसार पाउँदै आएको विज्ञापन समेत कटौती गरेर समस्यामा पार्ने गरेका छन् । त्यसकारण पनि पुराना पत्रकारहरुमा राजनीतिप्रति वितृष्णा जाग्दै गएको हुनुपर्छ ।