काठमाडौं ४ सेटिङ गरेर जिते गगनले

समाचार

काठमाडौं १ नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जित हासिल गरे तापनि यतिखेर चर्चाको विषय बन्दै गएको छ । कतिपय राजनीतिक पार्टी र स्वतन्त्रले उम्मेदवारी दिएको काठमाडौं १ मा प्रकाश मानले १२७ मतले मात्रै जित निकाल्न सकेका थिए । उनका निकटतम प्रतिद्वन्द्व राप्रपाका रविन्द्र मिश्र थोरै मतले पराजित भए । राप्रपाकै नेता श्याम घिमिरे, सहमहामन्त्री भइसकेका तारा लुइटेल र २०७४ सालमा समानुपातिक सांसद् भएकी सीता लुइटेलले असहयोग गरेकै कारण राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले पराजय भोग्नुपरेको स्रोतको दावी छ । उता काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी नै नदिनुको कारण गगन थापा र रवि लामिछानेबीच गोप्य सहमति भएको बताइन्छ । कथमकदाचित गगन थापा नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री भएमा रवि लामिछाने स्वतन्त्र पार्टीको हैसियत सरकारमा सामेल हुने र उपप्रधानमन्त्री खानेसम्मको सहमति भएको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *