मन्त्री कार्कीको अग्रता कायमै

राजनीति समाचार

काठमाडौं । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गरेका छन्। उनले ३१मतले अग्रता कायम गरेका हुन् ।

उनले ३० हजार १७० मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १३९ मत प्राप्त गरेका छन्। अब ७५८मत गर्न बाँकी रहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *