शक्तिकेन्द्र दायाँ भएपछि…

समाचार

शक्तिकेन्द्र दायाँ भएपछि कर्मचारीलाई बदमासी गर्नबाट कस्ले रोक्ने÷कस्ले छेक्ने ? कमल थापा,केपी ओली हुँदै नारायण खड्कासम्मलाई दाँया पारेर खान खप्पिस कर्मचारी हुन दुर्गाबहादुर क्षत्री (दुवसु) जो अहिले राजदुतको भूमिकामा छन् । उनका दुई भाई चक्र र कृसु दुबै परराष्ट्रका अधिकृत । एक मन्त्रीका नीजि सचिव । उनैले अलि अघि तक्मा पड्काए । यता चक्र र कृसुहरु तत्काल उपसचिवमा बढुवा नहुने भएपछि उपसचिव बढुवा प्रक्रिया नै भाँडेर बसेका छन् । ०६७ ब्याचका सबै उपसचिवमा बढुवा हुँदा त्यस पछिका व्याचका चक्रलाई अहिलै उपसचिव चाहियो र अदालतमा पुगेर यो प्रक्रिया नै भाँडेर अरुलाई सताइरहेका छन् ।
उनै कमल थापाको नातेदार पर्ने रविन्द्रजंग थापाले अहिले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा बसेर चरम लुट मच्चाइरहेका छन् । खोका बुझाउने कर्मचारीलाई मालदार ठाउँमा सरुवा गर्नेदेखि द्रव्य र भेटी चढाउन नसक्ने कर्मचारीलाई दुर्गमतिर खेद्ने उनको धन्दा निर्वाचन आचारसंहिताको कारण केही महिना सेलाएको छ । आचारसहिता खुकुलो हुने वित्तिकै उनको धन्दा पुन सुचारु हुनेछ । यस्तै बदनाम कर्मचारीलाई सरकारले तक्मा र विभूषण लगाइसकेको छ । उता गृहमा बसेर यस्तै बदमासी गर्दै आएका शोभाखर रेग्मीको लुट मच्चाइरहेका छन् । कालो काँग्रेसी रेग्मी कर्मचारी प्रशासनको हर्ताकर्ता हुन । मन्त्री दाहिने भएपछि उनको बदमासीमा पनि सात खत माफ हुने नै भयो । निजामती कर्मचारीभित्रका डन र कालो काँग्रेसी भनेर चिनिएका सचिव रमेश सिंह त भर्खरै घर गए । घर जानु अघि उनले आफू निकटका कन्सलटेन्सीलाई दिने गरी अघि बढाएको तीन अर्बको ठेक्का निर्वाचन आयोगले बदर गराइदिएको छ । झण्डै १ लाख ३६ हजार दरबन्दी रहेको निजामतीभित्र ८० प्रतिशत खराब कर्मचारी छन् भनिदै आएको छ । त्यस्ता बदमास कर्मचारीहरु खोज्ने हो भने हरेक कार्यालयमा भेटिन्छन् ।
यस्तैमध्येका अर्का नटरलाल हुन दुर्गा भुषाल । सामान्य प्रशासन सेवावाट रातरात परराष्ट्रमा छिरेका उनले लामो समय मन्त्री दिलेन्द्य्र प्रसाद बढुको सेवा र सु्श्रुषा गरे । मन्त्रीको चाकडी गरे वापत महावाणिज्यमहादुत पनि पाइसकेका छन् । नियम अनुसार वाणिज्यदुत हुनका लागि उपसचिव भएको ३ बर्ष पुग्नुपर्ने र बाणिज्य मन्त्रालय अन्तर्गत कम्तिमा २ बर्ष हुनुपर्ने प्रावधान छ । तर यस्ता प्रावधान त निरिह कर्मचारीहरुका लागि मात्र न हो । मन्त्रीदेखि शक्तिकेन्द्र दायाँ भएकाहरुलाई यस्ता नीति नियम लाग्ने कुरा पनि होइन । उनले सो नीति नियमलाई धज्जी उडाउँदै नियम विपरित महावाणिज्यदूत पड्काए ।
निर्वाचन अगावै जेनेभाको महावाणिज्यदूतमा नियुक्ति पाएका भुषालले सरुवा भएको महिना दिन बितिसक्दा समेत मन्त्रीको स्वकीयको जिम्मेवारी नछाड्नुलाई उद्योग र परराष्ट्रका कर्मचारीहरुले अचम्म मानेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धी युवराज भूसालका साख्खै भतिज हुन् दुर्गा । दुर्गालाई बडुको पीए बनाउन पनि पौडेलले नै सिफारिस गरेका थिए भनिन्छ । उनले उद्योगमा रहेर उद्योगमन्त्रालय मातहतका हाकिमबाट मासिक उठाउने गरेको उद्योगकै कर्मचारीहरुको आरोप छ । त्यही उठ्ति पुठ्ती नसकिएका कारण उनले मन्त्रीको पिए छाडेर महावाणिज्यदूत खान नगएको भन्नेहरु उद्योग मन्त्रालयतिरै भेटिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *