गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

राजनीति समाचार

भक्तपुर । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिएका थिए । उनका अनुसार तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो । यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *